साउथह्याम्पटन — टिम साउथीले भारतका दुवै प्रारम्भिक ब्याट्सम्यानको विकेट लिएपछि न्युजिल्यान्ड र भारतबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल मंगलबार छैटौं दिन पुगेको छ । खेल अब बुधबार छैटौं दिन पनि रिजर्ब हुनेछ ।
दिनको खेल समाप्त हुँदा भारतले दुई विकेट गुमाएर ६४ रन बनाएको छ । उसलाई ३२ रनको अग्रता प्राप्त छ । साउथीले शुभमन गिललाई आठ र रोहित शर्मालाई ३० रनमा आउट पारे ।
विराट कोहली आठ र चेतेश्वर पुजारा १२ रन बनाएर खेलिरहेका छन् । साउथीले नौ ओभरमा १७ रन खर्चेरले दुई विकेट लिए । टेस्टको शुक्रबार पहिलो दिन र सोमबार चौथो दिन वर्षाले खेल सम्भव भएको थिएन ।
यसअघि न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ४९ रन बनाएको थियो । भारतको पहिलो इनिङ्स भने २ सय १७ रनमा टुंगेको थियो ।
कमेन्ट गर्नुहोस्