रियो डि जेनेरियो — डिफेन्डिङ च्याम्पियन तथा आयोजक ब्राजिलले कोपा अमेरिकाको अन्तिम आठको खेलमा चिलीको सामना गर्नेछ । यस्तै अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरको चुनौती बेहोर्नेछ । लिग चरणका खेलको समाप्तिमा प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको हो ।
यस्तै अन्य क्वार्टरफाइनल खेलमा उरुग्वेले कोलम्बिया र पाराग्वेले पेरुको सामना गर्नेछ । लिग चरणको अन्तिम दिन लियोनल मेसीको दुई गोलमा कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘ए’ को मंगलबारको बोलिभियालाई ४–१ ले हराएको छ । अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गर्यो । अर्जेन्टिनाले एलेजान्ड्रो गोमेजको गोलले अग्रता लिएयता मेसीले दुई गोल थपे ।
त्यसपछि पहिलो गोल पेनाल्टीबाट रह्यो । एरविन साभेड्राले बोलिभियाका लागि एक गोल फर्काएपछि अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले चौथो गोल गरे । उरुग्वेको जितमा भने एडिसन कभानीले पेनाल्टीबाट एक मात्र गोल गरे । लिग चरणको समाप्तिमा अर्जेन्टिना १० अंकसहित शीर्ष स्थानमा रह्यो । यो समूहबाट उरुग्वे, पाराग्वे र चिलीले पनि अन्तिम आठमा प्रवेश पाए । 
कमेन्ट गर्नुहोस्