काठमाडौं, असार १८ गते । अफगानिस्तानमा अफिम खेती ४५ प्रतिशतले वृधि भएको छ । अफगानिस्तानको लागू औषध विरुद्धका उप मन्त्रीले बिहीबार गतवर्षको तुलनामा अफिम खेती ४५ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।
विश्व बजारमा पाइने अफिमको ८० प्रतिशत अफगानिस्तानले उत्पादन गर्दै आएको छ । टोलो समाचारका अनुसार अफगानिस्तानले हाल दुई लाख हेक्टर क्षेत्रमा अफिम खेती गर्दै आएको छ । अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा हिंसात्मक गतिबिधि बढे लगत्तै अफिम खेतीमा बृद्धि आएको समाचार प्रकाशमा आएको हो ।
अफगानिस्तानका एक जना आन्तरिक मामिला मन्त्रीले बिहीबार नै ६७ मेट्रिक टन लागू औषध नष्ट गरेको बताउनुभएको थियो । हेराइन उत्पादनमा सहयोगी हुने मोर्फिन, अफिम र अल्कोहल नष्ट गरिएको वहिदुल्लाह कलिमजईले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्