Wednesday, March 11 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

यसरी जन्मियो ब्ल्याकपिंक

यसरी जन्मियो ब्ल्याकपिंक

के-पप (कोरियाली पप संगीत)मा बिटिएसपछि अहिले संसारभर सर्वाधिक चर्चा कमाउने महिला संगीत ब्यान्ड हो, ब्ल्याकपिंक । ब्ल्याकपिंक बिलबोर्ड्स हट १०० (गीतको बिक्री, रेडियोमा बज्ने समय र अनलाइन स्ट्रिमिङको आधारमा हुने रेकर्ड चार्ट)को शीर्ष स्थान ओगट्ने कोरियाली महिला संगीत समूह हो । कोचेला फेस्टिभलमा प्रस्तुति दिने पहिलो कोरियाली महिला संगीत समूहको रुपमा यो ब्यान्डले आफ्नो पहिचान बनाइसकेको छ ।

संगीत क्षेत्रमा डेब्यु गरेदेखि नै चार सदस्यको यो ब्यान्डले युट्युबको रेकर्ड तोड्दै आएको छ । सन् २०१९ मा रिलिज भएको 'किल दिस लभ', २०२० मा आएको 'हाउ यु लाइक द्‌याट' बोलको गीतले सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा धेरै हेरिएको म्युजिक भिडियोको रेकर्ड बनायो । ब्यान्डका चार म्युजिक भिडियोको युट्युब भ्युज बिलियन बढी छ । 

जेनी, रोजी, लिसा र जीसु ब्यान्डका चार सदस्य हुन् । यो समूहले सन् २०१६ मा 'स्क्वायर वान' नामक एल्बमबाट संगीत क्षेत्रमा डेब्यु गरेको हो । 'स्क्वायर वान'मा समावेश 'विसल', 'बुम्बाया'ले बिलबोर्ड वर्ल्ड डिजिटल सङ सेल्स चार्टको पहिलो र दोस्रो नम्बर ओगटेको थियो । साइ र बिग ब्याङपछि बिलबोर्ड वर्ल्ड डिजिटल सङ सेल्सको शीर्ष २ मा बस्न सफल संगीत समूहको रुपमा ब्ल्याकपिंकले चर्चा बटुल्यो । 

ब्यान्डको अर्को गीत 'एज इफ इट्स योर लास्ट' पनि बिलबोर्ड वर्ल्ड डिजिटल सङ्सको चार्टमा प्रवेश गरेको थियो । यो गीत 'के-पप हट १००' को दोस्रो र गाउन डिजिटल चार्टको तेस्रो नम्बरसम्म पुगेको थियो । सन् २०१८ मा रिलिज भएको 'डुड डुड डुड ड्यु' बिलबोर्ड हट १०० को ५५ औं स्थानमा पुग्न सफल भयो । गीतले ब्ल्याकपिंकलाई चार्टको सबैभन्दा शीर्ष स्थानमा बस्ने के-पप महिला सांगितिक समूह बनायो । यो गीत 'स्क्वायर अप' एल्बममा समावेश थियो । 'स्क्वायर अप' भने 'बिलबोर्ड हट २००'को चार्टमा परेको थियो । 

यो समूहले सेलेना गोमेजसँग मिलेर सार्वजनिक गरेको आइसक्रिम गीत 'बिलबोर्ड हट १००'को १३ औं स्थानमा पुग्न सफल भएको थियो ।

फ्रिस्टाइल नृत्यसँगै गायन प्रस्तुतिले स्टेज तताउने ब्ल्याकपिंक लाखौं युवा दर्शकका ढुकढुकी हुन् । 

ब्यान्डका चार सदस्यलाई वाइजी इन्टरटेन्टमेन्टले डेब्यु गराएको हो । वाइजी दक्षिण कोरियामा इन्टरटेन्टमेन्ट एजेन्सीको रुपमा चर्चित छ । वाइजीले सन् २०११ देखि ब्ल्याकपिंकको डेब्युको तयारी सुरु गरेको थियो । त्यतिखेर वाइजीले चारभन्दा बढी सदस्यको महिला समूहलाई डेब्यु गराउने तयारी गरेको थियो । तर ब्ल्याकपिंक सन् २०१६ लन्च भयो । ब्यान्डमा थिए, चार सदस्य ।

फरक पृष्ठभूमिमा हुर्केका ब्यान्डका चार सदस्यलाई गायनले जोडेको हो । जेनी कोरियामा जन्मिन् । १० वर्षको उमेरसम्म राजधानी सोलमै हुर्किन् । एकदिन आमाले उनलाई न्युजिल्यान्ड घुमाउन थिइन् । त्यतिबेलै आमाले,'न्युजिल्यान्ड बस्छौ ?' भनेर प्रश्न गर्दा उनले 'हुन्छ' भनेकी थिइन् । त्यसपछि उनी आमासँगै न्युजिल्यान्डमा बसिन् । जेनी निकै लजालु स्वभावकी थिइन् । भोक लाग्दा फोन गरेर खानेकुरा अर्डर गर्न लजाउँथिन् । अहिले भने मिडियालाई धक नमानी अन्तर्वार्तामा दिन्‍छिन् । १५ वर्षको हुँदा जेनीले अध्ययनका लागि अमेरिका जाने सोचेकी थिइन् । विद्यालय तय भइसकेको थियो । अमेरिका पढ्ने ८० प्रतिशत पक्का भइसकेको थियो । न्युजिल्यान्डमा फर्केर आफ्ना सामाग्री प्याक गर्दै गर्दा अचानक उनलाई गायिका बन्ने मन भयो । 

'म अध्ययनका लागि अमेरिका जान चाहन्नँ । वास्तवमा मलाई गायिका बन्नु छ भन्ने अनुभव भयो त्यतिखेर । खोइ कहाँबाट त्यतिखेर त्यो विचार आयो मलाई थाहा छैन,'उनले नेटफ्लिक्सको डकुमेन्ट्री 'ब्ल्याकपिंक लाइट अप दि स्काई'मा भनेकी छिन् । सन् २०१० मा न्युजिल्यान्डबाट दक्षिण कोरिया पुगेर उनी वाइजीमा आबद्ध भइन् । 

समूहकी र्‍यापर एवं लिड डान्सर लिसा भने थाइल्यान्डमा जन्मिएकी थिइन् । ३ वर्षसम्म थाइल्यान्डमा हुर्केकी उनी त्यसपछि बैंकक सरिन् । त्यहाँ उनकी सानी आमा म्युजिक ब्यान्डमा आबद्ध थिइन् । कहिलेकाहीँ माइक स्ट्यान्ड खाली हुँदा उनी अगाडि उभिएर नाच्ने/गाउने अभ्यास गर्थिन् । त्यतिबेलै आमाले उनको नृत्यप्रतिको रुचिबारे थाहा पाइन् । उनलाई नृत्यको कक्षा लिन लगाइन् । १२/१३ वर्षको उमेरदेखि त्यसपछि उनले नृत्य प्रतियोगितामा भाग लिन थालिन् । बिस्तारै उनले आफ्नो गायन र नृत्य चाहनाबारे चाल पाइन् । वाइजीको अडिसन दिँदा उनी १४ वर्षकी थिइन् । त्यतिबेला उनी कोरियन बोल्नसमेत जान्दिन थिइन् ।

समूहकी अर्की गायिका रोजी न्युजिल्यान्डमा जन्मेकी हुन् । उनी ८ वर्षको हुँदा परिवारसँगै अष्ट्रेलिया सरिन् । रोजी हरेक आइतबार चर्च जान्थिन् । चर्चको क्वायरमा गीत गाउँथिन् । विद्यालय जीवनदेखि नै रोजीले गीतार र किबोर्ड बजाउन सिकेकी थिइन् । एकदिन बुबाले उनलाई भनेका थिए,'वाइजीको अडिसन हुन लागेको छ । तिमी सहभागी हुन्छौं ?' 

बुबाको प्रस्तावले उनी छक्क परिन् ।'मलाई संगीत मनपर्छ हो ? भन्दै उल्टै उहाँलाई प्रश्न गरे झैं लाग्छ त्योबेला । बुबाले हो तिमीलाई संगीत मनपर्छ । यसमै केही गर्न चाहन्छौ भने गर । नत्र २५ वर्षको हुँदा केही कुरामा प्रयास गरिनँ भनेर तिमीलाई पछुतो हुनेछ,' उनले बुबाको कुरा सम्झिन् । सन् २०१२ मा उनले वाइजीमा अडिसन दिइन् । अडिसन दिएको २ महिनापछि उनी कोरिया पुगिन् । त्यतिखेर उनी १६ वर्षकी थिइन् । अडिसनपछि आफ्नो सम्पूर्ण जीवन परिवर्तन भएको रोजी सुनाउँछिन् । अडिसनमा नाम निस्किएपछि उनले विद्यालय छोडिन् । उनी पहिलो पटक घरबाट टाढा रहेर तालिम लिइन् ।

समूहकी अर्की सदस्य जीसु भने कोरियामै जन्मिन् । समूहमा अंग्रेजी बोल्न नजान्ने सदस्य हुन् उनी । उनी लेखक या त पेन्टर बन्न चाहन्थिन् । ११ पढ्दै गर्दा नाटक क्लबमा आबद्ध भइन् । उनलाई अभिनय सिक्ने मन थियो । त्यसपछि उनले वाइजीमा अडिसन दिइन् । उमेरका हिसाबले समूहमा उनी जेठी हुन् । त्यसैले अन्य तीन सदस्य उनलाई 'दिदी' सम्बोधन गर्छिन् । 

ब्यान्डका चार सदस्य फरक संस्कृति र पृष्ठभूमिका छन् । त्यही फरकपनले ब्यान्डलाई अन्य के-पप सांगितिक समूहभन्दा फरक बनाएको छ । 'ब्यान्डका चार सदस्यको फरक संस्कृति र पृष्ठभूमिले ब्ल्याकपिंकलाई भिन्न बनाएको छ । हामीमध्ये कसैले यो उचाइमा पुग्छौं भन्ने सोचेका थिएनौं,' ब्यान्डका लागि गीत लेख्ने गीतकार टेडी पार्कले डकुमेन्ट्रीमा भनेका छन् । 

जेनीलाई समूहको पहिलो सदस्यको रुपमा वाइजीले सन् २०१२ मा चिनायो । जेनीले ब्ल्याकपिंकमा आवद्ध हुनु अगाडि जि ड्रागोनको गीतमा अभिनय गरेकी थिइन् । लिसा भने समूहको दोस्रो सदस्यका रुपमा २०१६ मा सार्वजनिक भएकी थिइन् । उनी सन् २०१० मा थाइल्यान्डबाट वाइजीको अडिसजनमा छनोट भएकी एक्ली प्रतियोगि थिइन् । चार हजारमा प्रतियोगिमा उनी छनोट भएकी थिइन् । उनी वाइजीको पहिलो विदेशी प्रशिक्षार्थी पनि हुन् । सन् २०१३ मा सार्वजनिक भएको टेयाङको एक म्युजिक भिडियोमा उनी फिचर्ड भएकी थिइन् । जीसुले ब्ल्याकपिंकको रुपमा डेब्यु अगाडि केही विज्ञापन र म्युजिक भिडियोमा काम गरेकी थिइन् । उनले सन् २०१५ को 'द प्रडुसर्स' नामक कोरियन ड्रामामा केमियो भूमिका निभाएकी थिइन् । रोजी भने जि ड्रागोनको विथआउट युमा देखिएकी थिइन् । 

ब्ल्याकपिंकले विश्वका विभिन्न स्थानहरुमा प्रस्तुति दिइसकेको छ । समूहले गायिका डुअ लिपासँग मिलेर गाएको 'किस एण्ड मेकअप'ले बिलबोर्ड हट १०० को ९३ औं स्थानमा डेब्यु गरेको थियो । चार्टमा उनीहरुको यो दोस्रो प्रवेश थियो । 'किल दिस लभ'ले बिलबोर्ड हट २०० को २२ औं नम्बरमा प्रवेश गरेको थियो । उनीहरुले के-पप 'क्विन्स' भनेर ख्याती कमाएका छन् । फोर्ब्सको '३० अन्डर ३०'मा पर्ने पहिलो कोरियन संगीत समूह हो ब्ल्याकपिंक । 

उनीहरुको पछिल्लो ठूलो सो नै कोचेलाको प्रस्तुति हो । प्रस्तुति दिँदा आफूहरु निकै नर्भस भएको लिसा बताउँछिन् । 'हामी एकदमै नर्भस थियौं,'उनले सुनाइन् । वाइजीमा प्रशिक्षार्थी हुँदा जीसुलगायत टिमले यस्तै ठूलो सो गर्ने सोचेका थिए । 'हामी नर्भस थियौं । त्यो स्टेज प्यारो थियो । किनकि त्यतिखेर हामी पहिलो पटक अमेरिकामा प्रस्तुति दिँदै थियौं । प्रशिक्षार्थी हुँदा हामीले जहिल्यै यस्तै प्रस्तुति दिने कल्पना गरेका थियौं,'उनले भनिन् । कोचेला प्रस्तुतिबाट उनीहरुले धेरैले तारिफ बटुले । 

ब्यान्डका चारै सदस्यलाई लाग्छ – आज विश्वमा पाएको यो चर्चा वाइजीको देन हो । विश्व बजारमा पाएको उपलब्धिलाई तालिममा गरिएको कडा परिश्रमको नतिजा ठान्छन् उनीहरु । वाइजीमा तालिम लिनु सजिलो थिएन । कहिले उनीहरु दिनको १४ घण्टासम्म संगीत अभ्यास गर्थे । जेनीले वाइजीको तालिम विद्यालय भन्दा कडा हुने गरेको अभिव्यक्ति दिएकी छिन् । रोजीलाई सांगितिक कार्यक्रममा व्यस्त हुँदा तालिमका दिनहरु खुब याद आउँछ । 'कहिलेकाहीँ म तालिमको दिनहरु सम्झना आउँछ । त्यतिबेला हामी जतिबेला पनि संगीतले नै घेरिएका हुन्थ्यौं । हरेक समय संगीत हुन्थ्यो । अहिले त सोहरुमा व्यस्त हुन्छौं । त्यसैले राति सुत्ने समयमा गीत गाउने गर्छु,' रोजीले भनिन् । रोजीआफूहरुले संगीतमा धेरै गर्न बाँकी रहेको सुनाउँछिन् । 

'ब्ल्याकपिंक'ले आफ्ना फ्यानहरुलाई ब्लिंकको नाम दिएका छन् । कालो र गुलाबी रङले आफूहरुलाई प्रतिनिधित्व गराउने हुँदा ब्यान्डले आफ्नो नाम भने 'ब्ल्याकपिंक' राखेका छन् ।'हामीलाई यी दुई रंगले असल तरिकाले प्रतिनिधित्व गर्छ । हामी एकातर्फ गर्ली त अर्कोतर्फ स्याभेज छौं,'हालै एक अन्तर्वार्तामा जेनीले भनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्