भरतपुर असार १८ गते । नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेको पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने क्रम पनि जारी रहदा सडक खुला गर्न समस्या भएको छ ।
ट्राफिक प्रहरी वागमति प्रदेश कार्यलय रामनगरका प्रहरी निरीक्षक मुनेन्द्र थापा पहिरो झर्ने क्रम जारी रहेकाले यो सडकको यात्रा तत्काल सुरक्षित नहुने बताउनुहुन्छ । आज विहान मात्रै रोकी राखेको ट्रकमै पहिरोले पुरेको छ । नारायणगढ मुग्लिन सडकको पाँच किलो, चार किलो, केरावारी लगायतका दर्जन भन्दा वढी स्थानमा पहिरो छ ।
पहिरो पन्छाउन डिभिजन सडक कार्यालयका डोजर लोडर लगाएतका उपकरणहरु परिचालन गरिए पनि माथिवाट पहिरो झर्ने क्रम जारी रहेकाले पनि पहिरो पन्छाउन समस्या छ ।
पहिरोका कारण सो सडक अवरुद्ध भएसगै अहिले राजमार्गमा दुई हजार भन्दा वढी सवारी साधन अलपत्रमा रहेकाे र प्रहरी निरीक्षक थापाले बताउनुभयाेभयो
कमेन्ट गर्नुहोस्