रोम — ह्यारी केनको दुई गोलमा इंग्ल्यान्डले शनिबार २०२० मा युक्रेनमाथि युरो ४–० को जित निकाल्दै सेमिफाइनल यात्रा निश्चित गरेको छ । इंग्ल्यान्डको एकपक्षीय जितमा केनले चौथो मिनेटमा गोलको खाता खोले ।
पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे । अब मंगलबार वेम्बलीमा हुने सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ ।
इंग्ल्यान्डले सन् १९६६ को विश्वकपका रूपमा पहिलो ठूलो उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । यसपल्टको युरोमा गेराथ साउथगेटको इंग्ल्यान्डको यो लगातार पाँचौं जित हो । यस क्रममा टिमले अहिलेसम्म उत्कृष्ट प्रदर्शन कायम राख्दै एक गोल पनि खाएको छैन ।
कमेन्ट गर्नुहोस्