काठमाडौं, असार २१ गते । फिलिपिन्समा ८५ जना सबार सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी फिलिपिन्समा विमान दुर्घटना भएको सेना प्रमुख सिरिलिटो सोबेजनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरुलाई बताउनुभएको छ ।
बीबीसीका अनुसार सी १३० विमान दक्षिणी फिलिपिन्सको सुलु प्रान्तको जोलो द्वीप नजिक दुर्घटना भएको हो । विमानमा सबार ४० जनालाई जीवितै उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनास्थल पटिकुलबाट १७ जनालाइ निकालिएको छ ।
सैनिक विमानले मिनडनाओ द्वीपस्थित केगन डे आरोबाट सैन्य टुकडी लिएर प्रस्थान गरेको थियो । विमान उड्न लाग्दा रन वे छोडदा नियन्त्रण गुमाउन पुगेको थियो । उक्त दुर्घटना स्थानीय समयानुसार साढे ११ बजे भएको हो ।
कमेन्ट गर्नुहोस्