काठमाडौं, असार २४ गते । दक्षिण अफ्रिकाका पूर्ब राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमपर्ण गर्नुभएको छ । अदालतको अवहेलना मुद्दामा उहाँलाई १५ महिनाको कैद सजाय सुनाइएको थियो । प्रहरीले सम्पर्कमा नआए गिरफ्तार गर्ने भनिरहँदा ७९ वर्षीय जुमाले आत्मसमपर्ण गर्नुभएको हो ।
बीबीसीका अनुसार बुधबार नै उहाँलाई क्वाजुलु नाटल प्रान्तस्थित आफ्नो निबास नजिकको कारागार चलान गरिएको छ । भ्रष्टाचारको आरोप खेपेका जुमालाई गत् साता अदालतले उपस्थित हुन आदेश दिएको थियो । अदालतको सोधपूछ गर्ने सम्बन्धी आदेशको पालना नगर्दा उहाँलाई १५ महिना जेल सजाय तोकिएको थियो ।
दक्षिण अफ्रिकामा पूर्ब राष्ट्रपति जेल गएको यो पहिलो अबसर हो । निर्णय गर्ने प्रकृयालाई प्रभाबित पार्न ब्यापारीहरुसँग साँठगाँठ गरेको पूर्ब राष्ट्रपति जुमामाथि आरोप लगाइएको छ । तर उहाँले उक्त आरोप राजनीतिबाट पूर्बाग्रही भएको दाबी गर्दै आउनुभएको छ । सन् २०१८ मा जुमालाई उहाँ आबद्ध रहेको दल अफ्रिकी नेशनल कँग्रेसले राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिन लगाएको थियो ।
कमेन्ट गर्नुहोस्