काठमाडौं, असार ३१ गते । जर्मनीमा बाढीले बगाएर कम्तिमा ११ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता भएको रोयटर्सले उल्लेख गरेको छ ।
बिहीबार भारी वर्षापछि पश्चिमी जर्मनीको नदीको जलस्तर बढ्नुका साथै बाढी आएको बताइएको छ । नदी किनारमा रहेको घर तथा जमीनमुनिको घर पानीले भर्नुका साथै बगाएको छ ।
जर्मनीको बोन शहरको दक्षिणमा रहेको अह्र नदी अनियन्त्रित भएपछि नजिकको घर बगाएको छ । उद्धारमा संलग्न दुई जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ । सार्बजनिक यातायात अबरुद्ध भएको छ । दक्षिण पश्चिमी जर्मनीमा अझै भारी वर्षा हुने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्