काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५६९ परीक्षणबाट ९३० जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार १८२ परीक्षणमा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्