काठमाडौं, साउन ४ गते । फिलिपिन्समा कोरोनाभाइरसका पाँच हजार ६५१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँग फिलिपिन्समा कुल सङ्क्रमित १५ लाख १३ हजार ३९६ पुगेको छ ।
फिलिपिन्सको स्वास्थ्य विभागले गएको चौबीस घण्टामा ७२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । फिलिपिन्समा हालसम्म कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या २६ हजार ७८६ पुगेको छ । करिब ११ करोड जनसंख्या रहेको फिलिपिन्सले हालसम्म एक करोड ५० लाख नमूना परीक्षण गरिएको हो ।
कमेन्ट गर्नुहोस्