काठमाडौं, साउन ७ गते । कोरोना महामारीले बन्द रहेको अमेरिकाको मेक्सिको र क्यानाडासँग जोडिएको सीमा थप एक महिना बन्द रहने भएको छ । अत्यावश्यक बाहेकको अवस्थामा उक्त सीमा महिनौंदेखि बन्द रहेको छ ।
क्यानाडाले अमेरिकाबाट प्रबेश गर्नेमाथिको प्रतिबन्ध खुकुलो बनाउने संकेत गरेको भोलिपल्टै अमेरिकाको ‘होमल्याण्ड’ सुरक्षा बिभागले बन्द रहेको सीमा एक महिना लम्ब्याउने निर्णय भएको जनाएको छ । उक्त आदेश अगष्ट २१ सम्म लागू हुनेछ । अमेरिकाले कोरोनाको प्रकोप बढेपछि सन् २०२० को मार्च महिनादेखि अत्यावश्यक बाहेकको आवागमन निषेध गरेको छ । अमेरिकामा कोरोना सङ्क्रमणले हालसम्म छ लाख नौ हजार सङ्क्रमितको ज्यान गएको छ ।
कमेन्ट गर्नुहोस्