Saturday, September 25 2021
ट्रेन्डिङ बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

कोरोना खोप अभियान : खोप केन्द्रमै छैन स्वास्थ्य मापदण्ड

कोरोना खोप अभियान : खोप केन्द्रमै छैन स्वास्थ्य मापदण्ड

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरसको खोप लगाउन जाँदा नै संक्रमणको त्रास बढेको छ । संघीय सरकारले मापढण्ड तोकेर पठाएको खोप लगाउने केन्द्रमा कुनै स्वास्थ्य मापदण्ड निर्धारण नहुँदा संक्रमणको त्रास बढेको हो  ।

संघीय सरकारले मोरङमा ७० हजार डोज भ्याक्सिन पठाएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार सोमबार विराटनगरमा दुईवटा केन्द्र तोकेर पहिलो चरणका खोप लिनबाट बञ्चित स्वास्थ्यकर्मी , कानुन व्यवसायलगायतका अग्रपंक्ति खटिने कर्मचारीलाई खोप लगाएका थिए । मङलबारदेखि दुई दिन सम्म प्रत्येक स्थानीय तहका वडामा खोप लगाउने कार्यक्रम तय गरेको छ । 

सरकारले ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने भनिए पनि वडा कार्यालयमा अव्यवस्थितरुपमा खोप लगाउने गरेको पाइएको छ। विना समाजिक दुरी बिहानैदेखि स्थानीय लाइनमा बसेर खोप लगाउने गरेका छन् ।

खोप लगाउने स्थानमा गरेको फितलो व्यवस्थापनाले खोप लगाउन आउने व्यक्तिलाई नै संक्रमण हुनसक्ने विराटनगरका ९ का रमेश कुटवालले बताए । जो कोइ आएर लाइनमा बस्ने गरेको बताउँदै उनले भने, ' मान्छे माथि मान्छे चढेर खोप लगाउन लाइनमा बसेका छन्।'

बिहान ११ बजे देखि लाइनमा बसेका ६० वर्षीय कटुवालले भने , ' २ बजे खोप पाएँ।' उनले सबैलाई आग्रह गरेपनि कसैले वास्ता नगरेकाले सास्ती भोग्दै पहिलो डोज लगाएको सुनाए । खोप लगाउन आउँदा सुरक्षित नहुने ठानेर दोस्रो डोज नलिने मनस्थितीमा पुगेको उनले बताए  । 

खोप लिन आएका संन्तोष रायले भने, 'यहाँ आउँदा नै संक्रमण भइहाल्यो कि भन्ने लागेको छ ।' बिहान ९ नबज्दै लाइनमा बस्नेको संख्या धेरै छ , गेटमा पुग्दा नै ४ /५ घण्टा लाग्छ उनले भने,‘ कतिपयले गेटबाट फर्खेका पनि छन् ।'
 
मङलबार मात्रै करिब दुई दर्जन विद्यार्थी बिहानैदेखि लाइनमा बसेर फर्किए । नोवेल मेडिकल कलेजमा आएका उनीहरुले बिहानैदेखि लाइनमा बसेर पालो नआउने  ठानेर निरास भएर फर्खेका हुन् ।

सबैलाई दिन्छ भनेर आएको हुँ विद्यार्थी रेश्मी शर्माले भनिन्, ‘चर्को धाममा लाइनमा बसे पनि गेट पुग्दा पर्खाएको छ । हिजो त विद्यार्थीहरुले लगाए आज किन हुँदैन भन्दा विद्यार्थीलाई नदिने भन्दै फर्खाइदिएको उनले गुनासो पोखिन्।

स्वास्थ्य कार्यालयका प्रमख मेहताले पटकपटक आग्रह गरे पनि स्थानीयहरु नै ध्यान नदिएको बताए।  सरकारले खोप दिने उमेर समुह नै तोकेकाले सोहीअनुसार स्थानीय तहले वडास्तरमा लगाउन लागेको उनले बताए । 

खोप लगाउने स्थानमा कुनै मापढण्ड तोकिएको छैन्। बिहान नै आउनेले पनि नपाएको भन्दै कतिपयले विरोध जनाउँदै आएका छन्  । मोरङमा ७० हजारलाई लगाउने योजना रहेको प्रमुख मेहताले बताए । भीड बढ्दै गएपछि गेटमा खटिएका प्रहरीलाई लाइन व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ।

कमेन्ट गर्नुहोस्