काठमाडौं, साउन १८ गते । सर्वोच्च अदालतले फ्लोर क्रस गर्नुभएका कर्णाली प्रदेशका चार सांसदलाई कारवाही नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सो आदेश गरेको हो । यो आदेशसँगै एमालेका चार सांसद पदमुक्त हुनुभएको छ । सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई फ्लोर क्रस गरेको भन्दै एमेलेले कारवाही गरेको थियो ।
सो कारवाहीविरुद्ध चार सांसदले दिएको रिटमा यस अघि कारवाही नर्गन अन्तरिम आदेश भएको थियो । सो आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस्