काठमाडौं, साउन २९ गते । सरकारले अघिल्लाे आर्थिक वर्षमा व्यवस्था गरिए अनुसार पुर्नकर्जा रकमको अधिकतम सिमा नघट्ने गरी पुर्नकर्जा सुविधा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नन महाप्रसाद अधिकारीले सो कुरा बताउनुभएको हो ।
उहाँले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको सिघ्र पुनः उथानको लागि कार्यान्वयनमा ल्याइएको पुर्नकर्जाको विधमान व्यवस्थालाई निरन्तरता दिँदै गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुर्नकर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुर्नकर्जा सुविधान उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो ।
साथै उहाँले पुर्नकर्जा सेवा उपलब्ध गराउँदा लघु, घरेलु, साना तथा मझौला उद्यम व्यवसायलाई प्रथमिकता दिइने समेत बताउनुभयो । यसैगरी कोभिड महामारीका कारण संकट ग्रस्त उद्योग, पर्यटक, व्यवसाय, सञ्चार, यातायात, पाटी प्यालेस, व्यामशाला, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका व्यवसाय पुनस्र्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने गभर्नर अधिकारीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्