काठमाडौं, भदौ १ गते । अफगानिस्तानका लागि रुसी राजदूत दमित्री झिर्नोभले राष्ट्रपति घानीको भन्दा तालिबानको नियन्त्रणमा अफगानिस्तानको स्थिति राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । “मैले तालिबानले काबुल नियन्त्रणमा लिएको पहिलो दिनको अवस्था हेरेर उक्त टिप्पणी गरेको हुँ ।”– उहाँले भन्नुभयो ।
समाचार संस्था एएनआईका अनुसार सोमबार एखो मस्भी रेडियोसँगको अन्र्तवार्तामा राजदूत झिर्नोभले घानीको भन्दा आतङ्कवादी तालिबानको नियन्त्रणमा स्थिति राम्रो रहेको बताउनुभएको छ । तालिबान आइतबार काबुलमा प्रबेश गरेको हो । प्रबेश लगत्तै तालिबानले राष्ट्रपति निबास नियन्त्रणमा लिएको थियो । तालिबानले काबुल नियन्त्रणमा लिएको बताए लगत्तै थुप्रै राष्ट्रले आफ्नो कुटनीतिज्ञलाई अफगानिस्तानबाट फित्र्ता बोलाएको छ ।
कमेन्ट गर्नुहोस्