लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि आइतबार २–० को जित निकालेको छ । इन्टरबाट भर्खरै आएका रोमेलु लुकाकुको गोलमा चेल्सीले सुरुआती अग्रता लिएको थियो ।
त्यसपछि रिस जेम्सले दोस्रो गोल थपे । लगातार दोस्रो जितपछि चेल्सी अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।
सुरुआती लिग तालिकामा चेल्सी, लिभरपुल, ब्राइटन र टोटनहमले ६ अंक बटुलेका छन् । यसअघि टोटनहमले उल्भ्सलाई १–० ले हराएको थियो । डेल अलीले दसौं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
कमेन्ट गर्नुहोस्