काठमाडौँ, भदौ ७ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालाले आइतबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटपछि काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उहाँहरूबीच काँग्रेस र भाजपाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो । दुई पार्टीबीच भ्रमण आदानप्रदान गर्ने विषयमा पनि कुराकानी भएको छ ।
प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत प्राप्त गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बधाई तथा शुभकामना दिनुभएको थियो । प्रधानमन्त्री देउवाले भारतसहितका सबै छिमेकी देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने बताउँदै आउनुभएको छ ।
कमेन्ट गर्नुहोस्