काठमाडौं, भदौ ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटामा एमाले भित्र एकताकाे पक्षमा उभिएका तेस्राे धारका नेतासँकाे बैठकले पार्टी एकताको लागि दश बुँदे सहमतिपत्र कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ । बैठकको सुरुवातमा पछिल्लो समय राष्ट्रिय राजनीतिमा उत्पन्न भइरहेका विषयमा अध्यक्ष ओेलीले आफ्नो धारणा राख्नुहुँदै पार्टी र मुलुकलाई सुदृढ एवम् गतिशील बनाउन पार्टी एकताबद्धलाई जोड दिनुभएको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।
यस विषयमा भोलि स्थायी कमिटीको बैठक बस्ने उहाँले बताउनुभएको हो । मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सो बस्ने स्थायी कमिटी बैठकमा विगतमा अनुपस्थित हुँदै आउनुभएको स्थायी कसमटी सदस्यहरु पनि सहभागी हुने ज्ञवालीले जानकारी दिनुभएको छ ।
एकता पक्षधरले २०७५ जेठ २ गतेलाई पार्टी एकताको बटमलाइन बताउँदै आएको अवस्थामा एमाले संस्थापन पक्षले जेठ २ मा फर्किसकेको र आगामी दिनमा यसको व्यवहारिक कार्यान्वयनलाई पनि जोड दिने जनाइएको छ ।समग्रमा पार्टी सुदृढीकरण एवम् एकताको विषयमा छलफल केन्द्रीत रहेको ज्ञवालीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्