काठमाडौं, भदौ ९ गते । निर्वाचन आयोगलले बुधबार माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया टुंगो लगाउने तयारी गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अरु कुराले रोकिएन भने आज दुवै पार्टीको दर्ता प्रक्रिया टुंगो लाग्ने बताउनुभयो । दुवै दलका नेताहरुलाई सनाखतका लागि आज आयोगले बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दुवै दललाई दल दर्ताको प्रमाणपत्र दिने छ ।
आयोगले सनाखतका लागि बुधबार बिहान ११ :३० बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ । ‘दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, उहाँहरु आफैं अयोगमा उपस्थित भएर सनाखत गर्नुपर्छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाउनुभएको छ । यसैगरी महन्थ ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाउनुभएको छ ।
कमेन्ट गर्नुहोस्