काठमाडौं, भदौ २५ गते । सत्ता गठबन्धनमा आबद्ध दलहरुको सर्वदलीय बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ,जसपाका अध्यक्ष उपेन्द्र यादव ,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा एमसीसी, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक बिहान ९ १५ मा शुरु भएको थियो ।
कमेन्ट गर्नुहोस्