काठमाडौं, भदौ २५ गते । लियोनल मेस्सीले दक्षिण अमेरिकी फुटबल इतिहासमा सबैभन्दा बढी गोलकत्र्ताको कीर्तिमान बनाउनुभएका पेलेलाई उछिन्नुभएको छ । अन्तर्राष्ट्रिय फुटबलमा दक्षिण अमेरिकी राष्ट्रबाट सबैभन्दा बढी गोल गर्ने कीर्तिमान पेलेको नाममा रहेको थियो ।
विश्वकप छनोट अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा अर्जेन्टिनाले ब्रुनोस एयर्समाथि जित हात पार्दा मेस्सीले उक्त कीर्तिमान बनाउनुभयो । अर्जेन्टिनाले खेल ३–० ले जित्यो । तीनै गोल मेस्सीको नाममा रहयो । हयाट्रिक पुरा गर्नुका साथै मेस्सीले पेलेको कीर्तिमान समेत भङ्ग गर्नुभयो । ३४ वर्षीय मेस्सीले १५३ खेलमा मेस्सीले ७९ गोल गर्नुभएको छ । पेलेले भने मात्र ९२ खेलमा ७७ गोल गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्