Saturday, September 25 2021
ट्रेन्डिङ बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

पहिलो लहरमा भन्दा दोस्रो लहरमा दुईगुणा बढी सङ्क्रमित

पहिलो लहरमा भन्दा दोस्रो लहरमा दुईगुणा बढी सङ्क्रमित

कठमाडौं, भदौ २६ गते । कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका झण्डै दोब्बरले कोरोनो सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको २१ सम्म १८ वर्ष मुनिका २१ हजार ५२३ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने दोस्रो लहर सुरु भएको सन् २०२१ को अप्रिलदेखि यहि बिहीबारसम्मको तथ्याङ्क हेर्दा ४१ हजार एक सय ७० जना बालबालिका सङ्क्रमित भएका छन् । त्यस्तै, पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या पनि वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिलो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या ३८ थियो । तर दोस्रो लहर सुरु भएदेखि हालसम्म ४८ जना बालबालिकाको मृत्यु भएको छ । दोस्रो लहरको छ महिनामै ४८ बालबालिकाको मृत्यु भएको देखिएको छ ।

सिभिल अस्पतालका बालरोग विशेषज्ञ डा. सुदर्शन कोइरालाका अनुसार नेपालमा कोरोना भाइरस प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाहरुको संख्यामा पनि वृद्धि भएको उहाँको भनाइ छ । पहिलो लहरको भन्दा दोस्रो लहरको भाइरस बढी संक्रामक भएका कारण पनि बालबालिकाहरु बढी सङ्क्रमित भएको उहाँले बताउनुभयो । बच्चाहरुले कोभिडविरुद्धको खोप नलगाएको कारण पनि बढेको उहाँ बताउनुहुन्छ । नेपालमा हाल कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । जुन बढी संक्रामक मानिन्छ ।

हालसम्म नेपालमा १८ वर्षभन्दा बढी उमेर समूहमा मात्रै खोप लगाइएको छ । तर, सरकारले १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

 

कमेन्ट गर्नुहोस्