Saturday, September 25 2021
ट्रेन्डिङ बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

काठमाडौँ, भदौ २७ गते । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ । 
हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा बाँकी काम अगाडि बढ्न नसकेको बताउनुभयो । पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ले पाएको छ । उहाँले भन्नुभयो, ‘‘२०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक टोली स्वदेश फर्केका हुन् । त्यसपछि उहाँहरू नेपाल आउनुभएको छैन ।’’ सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
खनालले भन्नुभयो, ‘‘निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीसँग हामी नियमित सम्पर्कमा छौँ । नेपालमा कोभिडको महामारी सामान्य भएपछि नेपाल आएर बाँकी काम पूरा गर्ने चिनियाँ पक्षले बारम्बार प्रतिबद्धता गरिरहेको छ ।’’ चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको समयावधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ ।
‘‘पुनर्निर्माण गर्नुपर्ने भवनहरूको निर्माण सम्पन्न भइसकेको छ । गजुर र घन्ट राख्नेलगायत भित्रको फिनिसिङको काममात्र बाँकी छ । चिनियाँ प्राविधिक टोली नआएसम्म काम अगाडि बढाउने अवस्था छैन,’’ उहाँले भन्नुभयो । 
उहाँका अनुसार, चिनियाँ प्राविधिक टोली र कामदार आएर काम सुरु गरेपछि बढीमा छ महिनाभित्र सम्पूर्ण काम सकिन्छ । गत आर्थिक वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोभिडको महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य हासिल हुन नसकेको उहाँले स्पष्ट गर्नुभयो ।
वसन्तपुरको नौतले दरबारमा फलामे डन्डीको खट बाँधी चर्किएको गारोलाई सबलीकरण गर्ने र माथिल्लो भागलाई पुनर्निर्माण गरिँदै छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउने र भत्किएको भाग पुरानै शैलीमा निर्माण गरिएको छ ।
काठमाडौँ उपत्यकामाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले उपत्यकाका तीनैवटा सहर देखिनेगरी सामरिक महìवका आधारमा निर्माण गरेको यो दरबारको पाँचौँ तलामाथिको सम्पूर्ण भाग भूकम्पमा भत्किएको थियो । त्यसबेला माटोको जोडाइमा बनाइएको भए पनि हाल चुना सुर्कीबाट निर्मित वज्रको जोडाइमा पुनर्निर्माण गरिँदै छ । निर्माणसामग्री लैजाने र भत्काइएका सामान ओराल्नका लागि समेत परम्परागत सामग्री प्रयोग गरिएको छ । नौतले दरबारपरिसरमै रहेका ललितपुर, भक्तपुर र कीर्तिपुर नामका तीनवटा टावरमध्ये क्षति भएको भक्तपुर र ललितपुर टावरको पुनर्निर्माण भइरहेको छ ।
विक्रम संवत् १८२६ देखि १८३० सम्म पृथ्वीनारायण शाह र उनका छोरा प्रतापसिंह शाहले नौतले दरबारको निर्माण गर्न लगाउनुभएको थियो । वसन्तपुरको सो ठाउँमा मल्लकालदेखि नै दरबार रहेको छ । 
चिनियाँ येन १० करोडमा सो दरबारको पुनर्निर्माण भइरहेको हो । सो दरबारको पुनर्निर्माणका लागि पाँच वर्षभित्र सम्पन्न गर्नेगरी २०७३ असोज १३ गते नेपाल र चीनबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । उक्त समझदारीपत्रमा नेपालका तर्फबाट पुरात्तत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल र चीनका तर्फबाट एजेन्सी फर इन्टरनेसनल इकोनोमिक को–अपरेसन अफ चाइनाका प्रमुख पेङ वेईले हस्ताक्षर गर्नुभएको थियो । पुरात्तत्व विभाग र चिनियाँ प्राविधिकको संयुक्त टोलीले उक्त दरबारको पुनर्निर्माणको डिजाइन गरेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्