एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्।
१८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६-४, ६-३ ले हराएकी थिइन्।
ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी भर्जिनिया वेड खेल हेर्न उपस्थित थिइन्।
उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाइन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन्।
यो विजयसँगै राडुकानु

तस्बिर स्रोत, REUTERS
विजयपछि ब्रिटिश महारानीले राडुकानुलाई बधाई दिएकी छन्।
"तपाईँको सफलतामा म तपाईँलाई बधाई दिन्छु," महारानीले भनेकी छन्।
"युवा उमेरको यो असाधारण सफलता हो र तपाईँको कडा मिहेनत र समर्पणको प्रमाण हो।"
"तपाईँको र तपाईँको प्रतिद्वन्द्वी लेला फर्नान्डेजको उल्लेखनीय प्रदर्शनले आउँदो पुस्ताको टेनिस खेलाडीलाई प्रोत्साहित गर्ने कुरामा मलाई शङ्का छैन।"
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गर्दै बधाई दिएका छन्।

कमेन्ट गर्नुहोस्