Saturday, September 25 2021
ट्रेन्डिङ बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

नेपालले लिग-२ को पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै

नेपालले लिग-२ को पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै

काठमाडौं, भदौ २८ गते । नेपालले त्रिकोणात्मक श्रृखंला अन्तगर्तको पहिलो खेलमा आज अमेरिकाको सामना गर्दैछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्त ओमान सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्न लागेको हो । 
ओमानको राष्ट्रिय क्रिकेट एकेड्मीको अल एमिरात क्रिकेट ग्राउन्डमा बेलुकी सबा चार बजे नेपाल र अमेरिकाबीचको खेल सुरु हुनेछ । दुबै टोलिले मैत्रीपूर्ण खेलमा पपुवान्यूगिनीलाई हराएर प्रतियोगिताको सुरुवात गर्दैछ । 
लिग–२ मा नेपाल
कोभिड १९ को महामारीले पटक पटक स्थगित हुन पुगेको प्रतियोगिता करिब डेढ वर्षपछि खेलाइदैछ । लिग–२ मा नेपालले सबैभन्दा कम खेल खेलेको छ । हालसम्म नेपालले चार खेल मात्रै खेल्न सम्भब भएको छ । जसमध्ये दुईमा जित हात पारेको छ भने दुई खेलमा हार बेहोरेको छ । नेपालले चार अङ्क बटुल्न सकेको छ । लिग–२ अन्तगर्त ओमानमा हुन लागेको प्रतियोगितामा तीन वटै टोलिले चार चार खेल खेल्नेछ । नेपालले अङ्कतालिकामा उल्लेख्य प्रगति गर्ने अबसरको रुपमा यस प्रतियोगितालाई लिएको छ । 
नेपाल हाल अङ्क तालिकाको छैठौं स्थानमा छ । लिग–२ मा कुल सात टोलि छन् । शीर्ष स्थानमा ओमान छ । तर उसले दोस्रो सबैभन्दा बढी खेल खेलेको छ । ओमान दशमध्ये आठमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । नेपालले आज सामना गर्न लागेको टोलि अमेरिका हो । अमेरिकाले सबैभन्दा बढी १२ खेल खेल्दा मात्र छ मा जित हात पार्न सकेको छ । ऊ १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । 
तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा नामीबिया र पाँचौं स्थानमा यूएई छ । स्कल्याण्डले आठ खेलमध्ये चारमा जित हात पार्दा नामीबियाले सातमध्ये चार खेलमा र यूएईले सातमध्ये तीन खेल जितेको छ । सबैभन्दा पूछारमा पपूवा न्यूगिनी छ । उसले आठ मध्ये कुनै खेल जित्न सकेको छैन् । 
नेपालले पछिल्लोपटक घरेलु मैदानमा अमेरिका विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेल जितेको थियो । पछिल्लो खेलमा अमेरिकी क्रिकेट टोलि मात्र ३५ रनमा समेटिन पुगेको थियो । जसमा सन्दीप लामिछाने एक्लैले छ विकेट लिनुभएको थियो । आज हुने खेलमा सन्दीपको उपस्थितिले समेत अमेरिकी टोलिमाथि मनोवैज्ञानिक दबाब कायम राख्नेछ । 
अमेरिका विरुद्ध नेपालले खेलेको पछिल्लो खेलमा पारस खडका, सुभाष खकुरेल, र दीपेन्द्रसिंह ऐरी टोलिमा रहनुहुने छैन् । तर कुशल भुर्तेल, आशिफ शेष, रोहित पौडेल जस्ता युवा प्रतिभाको प्रदर्शनले नेपाली टोलि उत्साहित छ । यद्दपी आसिफ र कुशलको जोडीले पपूवा न्यूगिनी विरुद्धको दुबै खेलमा गरेको कमजोर प्रदर्शन नेपालको लागि चिन्ताजनक छ । 
अमेरिकाले नेपाल विरुद्ध पछिल्लो दुई खेलमा बेहोरेको हारको बदला लिन प्रयासरत रहनेछ । नेपालले भने अमेरिका विरुद्धको आफ्नो उक्त प्रदर्शनलाई निरन्तरता दिन प्रयत्नशील रहनेछ । 
नेपालको चिन्ता
युवा जोडी आसिफ शेष र कुशल भुर्तेलको ओपनिङ जोडी लयमा देखिएका छैन् । पपूवान्यूगिनी विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा ओपनरद्वयले ठूलो साझेदारी गर्न सकेनन । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलामा कुशल र आसिफको उत्कृष्ट प्रदर्शनले नेपालको ब्याटिङ सशक्त देखिएको थियो । अमेरिका विरुद्धको खेलमा समेत यी दुई ब्याट्सम्यान लयमा आउनु जरुरी देखिन्छ । 
नेपालको अर्को चिन्ताको विषय मध्यक्रम हो । मध्यक्रममा दीपेन्द्र सिंह ऐरीको अनुपस्थितिले नेपालको चिन्ता थपेको छ । पपूवान्यूगिनी विरुद्धको दुबै खेलमा मध्यक्रम धराशायी हुन पुगेको थियो । पूछारमा रोहित पौडेलको उत्कृष्ट ब्याटिङले नेपालले खेलमा पुनरागमन गरेको थियो । मध्यक्रम लयमा नहुँदा आज हुने अमेरिका विरुद्धको खेलमा रोहित पौडेल पुनः मध्यक्रममै ब्याटिङ गर्न आउने सम्भाबना छ । 
सशक्त बलिङ
नेपाली क्रिकेट पुनः पुरानै बिरासतमा फर्किएको देखिन्छ । पपूवान्यूगिनी विरुद्धको दुबै अन्तर्राष्ट्रिय एकदिबसीय खेल नेपालले कसिलो बलिङकै जगमा जितेको हो । जसमा सन्दीप लामिछाने र बिक्रम सोबले उत्कृष्ट प्रदर्शन गर्नुभयो । आज अमेरिका विरुद्धको खेलमा समेत सन्दीप, विक्रम र सोमपालको तिकडीमा नेपालको बलिङ आश्रित रहनेछ । यद्दपी तीब्र गतिका युवा बलर गुलशन झालाई नेपाली टोलि ब्यवस्थापनले परीक्षण गर्न बाँकी नै छ ।

कमेन्ट गर्नुहोस्