काठमाडौं, भदौ २९ गते । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मङ्गलबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।
बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने उहाँले बताउनुभयो । साथै संसदमा भइरहेको अवरोध र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुनेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १४ सांसदलाई कारबाही गरेकाे सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको भन्दै संसद अवरोध गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्