काठमाडौँ — संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । यस वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने भएको हो ।
सुप्रिद्ध प्रबल जनसेवाश्री चतुर्थबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।
अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कालकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल(जोगेन्द्र), राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यही पदकबाट विभूषित गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई आज मानपदवी(विभूषण) दिइएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।
कमेन्ट गर्नुहोस्