काठमाडौं : १० हजार १३ नमूना परीक्षणमा ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७३ सय ४ नमूनाको पीसीआर र २७ सय ९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६५६ र एन्टिजेन विधिबाट ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको हो। मन्त्रालयका अनुसार आइतबार थप १४ सय १३ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३९० जनाको भेन्टिलेटरमा र ११७ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २१ हजार ३६० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।
कमेन्ट गर्नुहोस्