पेरिस : भर्खरै पेरिस सेन्ट जर्मेन (पीएसजी)क्लबबाट खेल्न सुरु गरेका स्टार फुटबलर लिओनल मेस्सीलाई देब्रे घुँडामा चोट परेको छ। स्काइ स्पोर्ट्सका अनुसार चोटका कारण उनले अब फ्रेन्च लिग वानमा मेजविरुद्धको खेल गुमाउने भएका छन्।
मेस्सीले आइतबार लियोनविरुद्ध पीएसजीबाट खेलेका थिए। उनले पीएसजीबाट तीन खेल खेलिसक्दा कुनै गोल गर्न सकेका छैनन्।
उनको घुँडाको हड्डीभित्र चोट परेको एमआरआई गर्दा देखिएको छ। उनले अब ४८ घण्टाभित्र फलोअप गर्नुपर्ने छ।
३४ वर्षीय मेस्सी अगष्टमा स्पानिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा पेरिस क्लबमा अनुबन्ध भएका थिए।
कमेन्ट गर्नुहोस्