काठमाडौं, असोज ७ गते । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) मा चार उपाध्यक्षसहित विभिन्न पदको जिम्मेवारी बाँडफाँड भएको छ । नेकपा (एस) को उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ शाह, जयन्ती राई र प्रमेश हमालमा लागि सहमति भएको नेकपा (एस) का नेता डा. गंगालाल तुलाधरले बताउनुभयो ।
यसैगरी, महासचिवमा वेदुराम भुषाल चयन हुनुभएको उहाँले बताउनुभयो । उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन हुनुभएको छ।
सचिवहरुमा जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ र नागेन्द्र चौधरी चयन हुनुभएको तुलाधरले जानकारी दिनुभयो ।
नेकपा (एस) को केन्द्रीय कार्यसमितिको बैठक मंगलबारदेखि जारी छ । आजको बैठक काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा भइरहेको नेकपा (एस) का नेता जीवनराम श्रेष्ठले बताउनुभयो । बैठक आज सम्पन्न हुनेछ ।
कमेन्ट गर्नुहोस्