काठमाडौं : शनिबारबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौँथो संस्करण खेल सुरु हुँदैछन् । पहिलो खेलमा काठमाडौं किंस–११ र ललितपुर पाट्रिओट्स भिड्दैछन् ।
खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।
साविक विजेता ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने भएका छन् । उनले नखेल्ने भएपछि कुशल भुर्तेलले कप्तानी सम्हाल्ने जाइएको छ ।
काठमाडौंको कप्तानी भने लेग स्पीनर सन्दीप लामिछानेले गर्दैछन् ।
काठमाडौंमा विश्व चर्चित पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी रहेका छन् । उनी ललितपुरका लागि भारी हुने आँकलन गरिएको छ । त्यस्तै ललितपुरमा अफगानिस्तानका अजमातुत्लाह ओमार्जाइ, श्रीलंकाका ओसाडा फर्नान्डो रहेका छन् ।
यद्यपि दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छन् ।
प्रतियोगिता शनिबार (आज) बाट सुरु भएर २३ गतेसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्