काठमाडौँ, असोज २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादशैँ बिहीबारबाट सुुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।
बिहीबारदेखि सुुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैलाई उहाँले शुुभकामना पनि दिनुुभएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुुभएका प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा विजयादशमीले सबैमा सुख, शान्ति, सुु–स्वास्थ्य, दीर्घायुु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
यसैगरी काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । विजयादशमीले सबै नेपाली सद्विचार, सदाचार र सद्गुणहरूको सिर्जना र विकासलाई प्रोत्साहित गर्ने विश्वास लिएको उहाँले सन्देशमा उल्लेख गर्नुुभएको छ ।
कमेन्ट गर्नुहोस्