काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । ‘राष्ट्रपतिज्यूले मन्त्रिपरिषद् गठन गर्नुभएको छ, साढे ४ बजेदेखि ५ बजेभित्र हुने गरी तयारी गर्दैछौं,’ पन्तले इकान्तिपुरसँग भने ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद नै नभएका गजेन्द्र हमाल नियुक्त गरिएको छ। उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ।
सूचीसहित
कमेन्ट गर्नुहोस्