Tuesday, October 19 2021
ट्रेन्डिङ ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

खुले सबै होमस्टे

खुले सबै होमस्टे

लमजुङ, असोज २४ गते । कोभिड–१९ को जोखिमका कारण बन्द रहेका लमजुङका होमस्टे गाउँहरू खुलेका छन् । कोरोना सङ्क्रमण दर कम भएपछि सबै पर्यटकीय गाउँ पर्यटकका लागि खुला भएको छ । 
राइनास नगरपालिका–९, राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होमस्टे खुला गरिएको हो । राइनासकोटमा केही पर्यटक आउन थालेका छन् । होमस्टेका उपाध्यक्ष विष्णुमाया गुरुङका अनुसार गाउँ आउन चाहने पर्यटकलाई स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ । क्व्होँलासोंथर गाउँपालिका–३ स्थित घलेगाउँ पनि पर्यटकका लागि खुला गरिएको छ । गाउँमा हाल ३० देखि ४० जनासम्म पर्यटक आउने गरेका छन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गाउँ खुला गरेपछि दैनिक पर्यटक आउन थालेका छन् । 
पर्यटक र स्थानीय दुवैले स्वास्थ्य मापदण्ड अपनाएका छन् । होमस्टे आउने प्रत्येक पाहुनाले मास्क लगाउनुपर्नेछ । होमस्टे सञ्चालकले पनि लगाउनुपर्ने छ । थर्मल गनमार्फत ज्वरो परीक्षण गरिनेछ । साबुनपानीले हात धोएर, सेनिटाइजर लगाएर मात्र गाउँ प्रवेश गराइनेछ । सबै स्वास्थ्य मापदण्ड पूरा भएपछि मात्र गाउँमा प्रवेश दिइएको होमस्टे सञ्चालकले बताएका छन् । 
बेँसीसहर नगरपालिका तीज काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङका अनुसार दशैँ लागेलगत्तै गाउँ खुला गरिएको छ । आन्तरिक पर्यटक आउन पनि थालेका छन् । करिब दुई वर्षपछि होमस्टे खुला गरिएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण दर केही कम भएपछि होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक प्रवेशमा खुला गरिएको हो । समितिको निर्णयअनुसार दशैँसम्मका लागि पारिवारिक प्याकेज खुला गरिएको छ । दशैँको पूर्णिमापछि सामुदायिक प्याकेज पनि खुला गरिने उहाँले बताउनुभयो । 
होमस्टेका सचिव जगत गुरुङका अनुसार पारिवारिक प्याकेजमा सरकारी कार्यालयका कर्मचारी, व्यापारी आउने गर्छन् । परिवारको साथमा बिदा मनाउन र दशैँ मनाउनका लागि नजिकै पर्ने भएकाले धेरैले काउलेपानी जाने गरेका छन् । 
लमजुङका अन्य पर्यटकीय गाउँ सिउरुङ, तुर्लुङकोट, खासुर, भुष्मे, नरुवल, खानीगाउँ, घनपोखरा, पसगाउँ, मिप्रा, तार्कुलगायत गाउँका होमस्टे पनि खुला गरिएको स्थानीयवासीले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्