Tuesday, October 19 2021
ट्रेन्डिङ ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

ब्रोकरले मार्जिन कारोबार सुविधा दिन सकेनन्

ब्रोकरले मार्जिन कारोबार सुविधा दिन सकेनन्

काठमाडौँ — नीतिगत व्यवस्था भएको ३ वर्षसम्म पनि धितोपत्र ब्रोकरले लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन सकेका छैनन् । मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा आफूले भनेजस्तो (लगानीकर्ताको सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई कर्जा दिन भन्ने) व्यवस्था नभएपछि ब्रोकरहरू मार्जिन कारोबार सुविधा दिन अनिच्छुक देखिएका हुन् ।

धितोपत्र ब्रोकरबाट ऋण लिएर लगानीकर्ताले सेयरमा लगानी गर्न सकून् भन्ने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्डले २०७५ जेठमा यससम्बन्धी कार्यविधि जारी गरेको थियो । ‘मार्जिन कारोबार सुविधा कार्यविधि, २०७४’ नाम दिइएको उक्त कार्यविधि जारी भएको पनि ३ वर्षभन्दा बढी भइसकेको छ । तर लगानीकर्ताले अझै ब्रोकरबाट मार्जिन कारोबार सुविधा पाउन सकेका छैनन् ।

कार्यविधिमा लगानीकर्तालाई ऋण दिन ब्रोकर आफैंले रकम (स्रोत) व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । त्यही रकमबाट लगानीकर्तालाई सेयर खरिद गर्न कर्जा दिने हो । यसरी ऋण दिँदा ब्रोकरले लगानीकर्ताको सेयर धितोस्वरूप आफूसँग राख्न पाउँछन् । तर ती सेयर धितो राखेर बैंकबाट कर्जा लिन भने पाउँदैनन् । लगानीकर्ताबाट धितोका रुपमा आफूसँग संकलित सेयर बैंकमा धितो राखेर कर्जा लिने र सोही रकमबाट लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिने ब्रोकरहरूको माग थियो ।

ब्रोकरले मर्जिन कारोबार सुविधा प्रदान गर्दा लगानीकर्ताले सेयर मूल्यको निश्चित प्रतिशत रकम लगानीकर्ता आफैंले अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम ब्रोकर कम्पनीले सापटी दिन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी नगरेसम्म उक्त सेयर रोक्का रहन्छ वा ब्रोकरकै अधीनमा रहन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी गरेपछि मात्र सेयरधनीको खातामा सेयर स्थानान्तरण हुन्छ । ब्रोकरले सुविधा दिन नसक्दा लगानीकर्ता बैंकबाटै सेयर कर्जा लिन बाध्य छन् । सोही कारण गएको एक वर्षमा धेरै सेयर कर्जा प्रवाह भएको छ ।

विश्व बजारमा प्रायः सबै मुलुक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा श्रीलंकाबाहेक सबै राष्ट्रमा सेयरमा लगानी गर्नका लागि सेयर धितो राखेर बैंकबाट कर्जा लिन पाइँदैन । अन्तर्राष्ट्रिय अभ्यासविपरीत बैंकमार्फत मार्जिन कारोबार (लेन्डिङ) सेवा प्रदान गर्न दिइएको भन्दै राष्ट्र बैंकको पनि आलोचना हुँदै आएको छ । कर्जाका लागि बैंकमा मात्र निर्भर रहँदा राष्ट्र बैंकले समय–समयमा गर्ने नीतिगत परिवर्तनको मर्का लगानीकर्ताले भोगिरहेका छन् । पछिल्लो समय राष्ट्र बैंकले सेयर खरिद कर्जामा सीमा तोकेपछि बजार प्रभावित हुनु यही कारणको उपज भएको लगानीकर्ताको गुनासो छ ।

नेपालमा ब्रोकरले मार्जिन कारोबार सेवा प्रदान गर्ने नीतिगत व्यवस्था २०७४ मै भएको हो । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४ मार्फत नै २३ वटा ब्रोकरले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट कारोबार अनुमति र राष्ट्र बैंकबाट स्वीकृति पनि लिइसकेका छन् । तर उक्त व्यवस्था अझै कार्यान्वयनमा आएको छैन । सुरुमा एउटा ब्रोकरले एक जना लगानीकर्तालाई यस्तो सुविधा दिएको थियो । त्यसयता यो विषयमा कुनै प्रगति भएको छैन ।

हाल बैंकले प्रदान गर्दै आएको सेयर कर्जाको तुलनामा ब्रोकरमार्फत प्रवाह हुने मार्जिन कारोबार धेरै कसिलो र लगानीकर्तामैत्री नभएकाले कार्यान्वयन गर्न नसकिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । ‘बैंकबाट लिएको कर्जा उपयोगका लागि कुनै सीमा छैन । तर ब्रोकरमार्फत लिएको कुल कर्जामध्ये बढीमा १० प्रतिशत मात्र एउटा कम्पनीमा लगाउनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘मार्जिन लेन्डिङ सुविधाका लागि नेप्सेले कम्पनी छानेको छ । छनोटमा निकै कम मात्र कम्पनी परेका छन् । सबै पक्षबाट राम्रा कम्पनी पनि सूचीमा परेनन् ।’ यही कारण ब्रोकरहरूले मार्जिन लेन्डिङ सुविधा प्रदान गर्न नसकेको पूर्वअध्यक्ष मैनाली तर्क गर्छन् ।

‘मार्जिन कारोबार कार्यान्वयन हुन नसक्नुमा अर्को प्रमुख कारण स्रोत व्यवस्थापन हो,’ उनले भने, ‘लगानीकर्ताले मार्जिन सुविधा लिन धितो राख्ने सेयरलाई ब्रोकरले बैंकमा राखेर कर्जा लिन पाउने व्यवस्था कार्यविधिमा गरिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि ब्रोकर कम्पनीले के कस्तो पुँजीकोषको व्यवस्था गर्नुपर्ने हो ? हामी तयार छौं ।’

ब्रोकरको पुँजीगत आधार कमजोर रहेकाले लगानीकर्ताले मार्जिन कारोबार सुविधा पाउन नसकेको सरकारी अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार पछिल्लो ३ वर्षमा बजार सबै पक्षबाट ठूलो भएकाले विद्यमान कार्यविधि परिमार्जन गरी समय सान्दर्भिक बनाउनु पर्ने उनीहरूको भनाइ छ । ‘ब्रोकरहरूको पुँजीगत आधार नै सानो भयो,’ नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले भने, ‘अहिलेको बजारको आकारमा लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिनुअघि ब्रोकरले पुँजीगत आधार बलियो बनाउनुपर्छ ।’ मार्जिन कारोबारसम्बन्धी कार्यविधि ३ वर्षअघि (बजार न्यून अवस्थामा रहँदा) बनेकाले त्यसलाई परिमार्जन गरेर अहिलेको बजारसँग मेल खाने बनाउनुपर्ने उनले बताए । विगतमा केही ब्रोकरले एक–दुई जना लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिए पनि पुँजी संकलनमै समस्या भएकाले उक्त कार्यले निरन्तरता पाउन नसकेको उनको भनाइ छ ।

धितोपत्र बोर्डका निमित्त अध्यक्ष एवं प्रवक्ता नीरज गिरी पनि मार्जिन कारोबारका लागि ब्रोकरको पुँजीगत आधार बढाउनुपर्ने तर्क राख्छन् । ‘ब्रोकरद्वारा स्रोत व्यवस्थापन र ब्याजदरर विषयमा कार्यविधिमा थप प्रस्ट पार्नुपर्ने देखिन्छ,’ उनले भने, ‘कार्यविधिका बाँकी विषय ठीक छन् ।’ अहिले ब्रोकरबाट ऋण लिनभन्दा बैंकबाट लिँदा ब्याजदर सस्तो हुन्छ । यसकारण किन लगानीकर्ताले महँगो ब्याजदर तिरेर ब्रोकरबाट कर्जा लिने भन्ने प्रश्न उब्जिएको उनले बताए । यो समस्या समाधानका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र ब्रोकरबीच छलफल गर्नुपर्ने उनले सुझाए ।

लगानीकर्ताले सूचीकृत सबै कम्पनीहरूको सेयर किन्न यस्तो सुविधा पाउँदैनन् । नेप्सेले तोकिएका कम्पनीको सेयर खरिद गर्नका लागि मात्र ब्रोकरले मार्जिन सुविधा दिन पाउँछन् । कम्पनी छनोटका लागि नेप्सेले मापदण्ड बनाएको छ । जसमध्ये सूचीकृत कम्पनीमा कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आर्थिक वर्षको पहिलो ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने प्रावधान कार्यविधिमा छ ।

उल्लिखित मापदण्डका आधारमा नेप्सेले योग्य कम्पनीको सूची प्रकाशित गर्नुपर्नेछ । ‘धितोपत्र सदस्य व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय २० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनका रूपमा लिनुपर्नेछ,’ कार्यविधिमा उल्लेख छ । 

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी ब्रोकर कम्पनीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने सुविधा पनि दिइएको छ । ब्रोकरले प्रत्येक लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन दैनिक रूपमा गणना गर्नुपर्नेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशतभन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्न सक्नेछ ।

मार्जिन लेन्डिङसम्बन्धी विश्वव्यापी मान्यता हेर्दा इनिसियल मार्जिन (सेयर खरिद कर्जा प्रदान गर्दा लगानीकर्ताले सुरुमा कति रकम हाल्नुपर्ने), मेन्टिनेन्स मार्जिन (सेयर बजार कतिले घट्दा लगानीकर्ताले रकम थप्नुपर्ने), मार्जिन कल रेसियो (ब्रोकरले कतिबेला मार्जिन कल गर्ने), इलिजिबल सेयर (धितोमा राखेर कर्जा प्रदान गर्न कुन–कुन सेयर उपयुक्त हुन्छ), मार्क टु मार्केट (सेयरलाई दैनिक बजार मूल्यअनुसार समायोजन गर्ने प्रक्रिया) लगायत न्यूनतम मापदण्ड पालना गर्नुपर्छ । नेपालको मार्जिन लेन्डिङ प्रक्रियामा ती मापदण्ड पालना नभएको सेयर विज्ञ एंव राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले बताए ।

कमेन्ट गर्नुहोस्