Tuesday, October 19 2021
ट्रेन्डिङ ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

भाखा नाघेको ६ महिनासम्म बैंकले धितो लिलाम गर्न नपाउने

भाखा नाघेको ६ महिनासम्म बैंकले धितो लिलाम गर्न नपाउने

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले मनपरी रूपमा ऋणीको धितो लिलाम गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका, २०७७ संशोधन गरी धितो लिलाममा बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु गर्न पाउनेछन् ।

यसअघि मनपरी रूपमा असुलीको प्रक्रिया सुरु गरेर धितो लिलाम गर्दै आएका थिए । यो विषयमा राष्ट्र बैंकमा पनि थुप्रै गुनासो परेका थिए । तिनै गुनासा र राष्ट्र बैंकले फेला पारेको तथ्यका आधारमा धितो लिलामी प्रक्रियामा केही कडाइ गरिएको स्रोत बताउँछ । निषेधाज्ञा अवधिभर भने धितो लिलाम नगर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । 

‘एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ । यो व्यवस्थापछि बैंकहरूले मनपरी रूपमा धितो लिलाम गर्न नपाउने भएकाले ग्राहकको गुनासोमा कमी आउने राष्ट्र बैंकको दाबी छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ब्याजदर परिवर्तनमा गर्दै आएको मनपरी पनि नियन्त्रण गर्न खोजेको छ । जसअनुसार एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको छुट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन । ‘तर ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो सो उद्देश्यमा कर्जा प्रयोग नगरेको र धितो सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याउने कार्य गरेको पाइएमा कानुनबमोजिमको हर्जाना दर थप गर्न यो व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन,’ निर्देशिकामा उल्लेख छ ।

यस्तै, परिवर्तनीय ब्याजदर आधारदरसँग आबद्ध गर्दा बैंक तथा वित्तीय संस्थाको ‘कोर बैंकिङ सिस्टम’ मार्फत त्रैमासिक औसत आधारदरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्ने निर्देशन पनि राष्ट्र बैंकको छ । ब्याज पुँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन पेस गर्नुपर्ने पनि व्यवस्था गरिएको छ ।

स्रोत नखुलेको कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गरेको छ । जसअनुसार अब त्यस्ता प्रकृतिका कर्जामा पनि बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह सीमा (लोन टु भ्यालु रेसियो) तोकिदिएको छ । ‘घरजग्गा धितो राखी यस्तो कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फियर मार्केट भ्यालुबीचको अनुपात लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ । राष्ट्र बैंकले सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापन तहको पदाधिकारी हुनुपूर्व लिएको कर्जाको हकमा भुक्तानी अवधि पनि तोकिदिएको छ । जसअनुसार ती व्यक्तिले लिएको कर्जाको हकमा भुक्तानी अवधि वा एक वर्षमध्ये जुन पहिले हुन्छ, उक्त अवधिभित्र नियमित गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ५० करोड वा सोभन्दा बढी कर्जा लिँदा अनिवार्य रूपमा क्रेडिट रेटिङ गर्नुपर्ने पुरानै व्यवस्था हो । अब यसरी रेटिङ गरिएको कर्जाको हकमा जोखिम भार कम गर्न राष्ट्र बैंकले छुट दिएको छ । एक पटक यस्तो रेटिङ गरेपछि त्यसको मान्यता २ वर्षसम्म रहनेछ । यसअघि रेटिङको मान्यता अवधि तोकिएको थिएन । ‘बैंक तथा वित्तीय संस्थाले ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारका रूपमा लिनुपर्नेछ र यस्तो रेटिङ प्रत्येक २ वर्षमा अद्यावधिक गर्नुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

यस्तै, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभावका आधारमा प्रभावित क्षेत्रहरूलाई थप गरिएको छ । थपिने क्षेत्रहरूमा निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यात्रुवाहक स्थल यातायात, ब्युटिपार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायत छन् । यसअघि बैंक तथा वित्तीय संस्थाको संस्थापक समूहको स्वामित्वमा रहेको सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने कार्य पुँजी बजार, बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावसमेतलाई विचार गरी एक पटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न सकिने व्यवस्था थियो । यसरी परिणत गर्ने कार्य कम्तीमा २ पटकसम्म गर्न सकिन्थ्यो । अहिले यो व्यवस्था परिमार्जन गरी कम्तीमा दुई पटकसम्म भन्ने वाक्यांश हटाइएको छ । 

‘बैंक तथा वित्तीय संस्थाहरूले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अंगका रूपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रूपमा खुलाउनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘यसअघि जारी गरिएका वा यस बैंकबाट स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोहीबमोजिम छुट्याउनुपर्नेछ । एक पटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनः परिवर्तन गर्न पाइने छैन ।’

निक्षेप संकलनका क्रममा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कुनै पनि किसिमको उपहार/चिट्ठा/प्रतियोगिता/पुरस्कारलगायत कार्यक्रम सञ्चालन गर्न नपाइने निर्देशन पनि राष्ट्र बैंकले दोहोर्‍याएको छ ।

कमेन्ट गर्नुहोस्