बेइजिङ: चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै चीनले पहिलो पटक सो क्षेप्यास्त्र परीक्षण गरेको खुलाएको हो।
सो अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको तल्लो कक्ष वरिपरी घुमेको थियो।
चीनले अत्याधुनिक र महत्वकांक्षी मानेको सो परियोजना लक्ष्यमा नपुग्दै असफल भएको स्रोतले जनाएको छ। चीनले पहिलो पटक गरेको सो परीक्षणप्रति अमेरिकी गुप्तचर संस्था हैरान बनेको बताइएको छ।
चीनले हाइपरसोनिक क्षेप्यास्त्रमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने कदम चालेको थियो। रुस र अमेरिकाले समेत अत्याधुनिक प्रविधि र परमाणु क्षमतावान् क्षेप्यास्त्र निर्माणमा प्रयास गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्