Friday, April 24 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

ऊर्जाको विकासमा सरकार संवेदनशील

ऊर्जाको विकासमा सरकार संवेदनशील

अर्थतन्त्र र जनजीविका सुधारको उत्तोलकका रूपमा विद्युत्लाई पनि लिइन्छ । यसर्थ ठूला उद्योगदेखि झुपडीसम्म व्यवस्थित र सर्वसुलभ रूपमा विद्युत पु¥याउन सक्नु राज्यको कर्तव्य हो । यस सन्दर्भमा वर्तमान सरकार सय दिन पूरा गर्दा विद्युत्को आपूर्ति र व्यवस्थापनले अर्थतन्त्र र जनमानसमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । नयाँ सरकार गठन सत्तारोहणको शृङ्खलामात्र होइन, जनताको जीवनस्तरमा तात्विक परिर्वतन ल्याउने अवसर हो र सत्तारोहीको सफलता मापनको कडी पनि हो । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले यही दिशामा आपूm केन्द्रित रहने उल्लेख गर्नुभएको थियो । निम्न आर्थिक स्तर भएका जनतालाई निःशुल्क विद्युत् दिनेदेखि कृषिक्षेत्रको उत्थानको उत्तोलक बनाउने प्रयास स्वरुप उहाँले विद्युत् महशुल समायोजनलाई अगाडि सार्नुभएको छ ।

सस्तोमा बिजुली 
नयाँ सरकार गठनलगत्तै ऊर्जा मन्त्रालयले स्वदेशमा उत्पादित बिजुली जनतालाई सस्तोमा उपलब्ध गराउने र आयातित खनिज इन्धनलाई प्रतिस्थापन गर्ने योजना सार्वजनिक गरेको थियो । यही योजना अनुरूप विद्युत् महशुल पुनरवलोकन गराउन नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा पठाएको प्रस्ताव निर्णयका लागि अन्तिम चरण छ । नयाँ महशुल दर मङ्सिर १ देखि नै कार्यान्वयन गर्ने तयारी सरकारको छ । प्रस्तावित नयाँ दरमा २० युनिटसम्मको खपत गर्ने गार्हस्थ उपभोक्तालाई विद्युत् शुल्क छुट गरेर सेवा शुल्क मात्र लिन प्रस्ताव गरिएको छ । त्यस्तै ग्राहकको स्ल्याब तथा दरहरुमा परिवर्तन गरेर धेरै खपत गर्दा सस्तो पर्ने गरी प्रस्ताव बनाइएको भनिएको छ । त्यस्तै सिँचाइ क्षेत्रमा प्रयोग हुने विद्युत्मा ५० देखि ८० प्रतिशतसम्म छुट दिन खोजिएको छ । उद्योगहरूलाई पनि ‘अफ आवर’को खपतमा आकर्षक सस्तो महशुल प्रस्ताव गरिएको छ । त्यस्तै सिजनल महसुल पनि यसको उल्लेख्य विशेषता भनिएको छ ।
२० युनिटसम्म गर्न खोजिएको छुट ५ एम्पियर क्षमता जडित ग्राहकलाई मात्र उपलब्ध हुन्छ । सिँचाइ क्षेत्रमा प्रस्तावित छुटले कृषि उत्पादकत्वको विस्तारमा योगदान पु¥याउन सक्ने देखिन्छ । डिप बोरिङ, ट्युबवेल, लिफ्ट सिँचाइजस्ता उपाय अवलम्बन गरेर सिँचाइ सुविधा पु¥याउँदा पहाडी तथा तराई ग्रामीण क्षेत्रको कृषि उत्पादकत्व विस्तारमा मात्र होइन, रोजगारी सिर्जना र बसाइँसराइ नियन्त्रणमा समेत सघाउ पुग्न सक्छ । ऊर्जा मन्त्रालयको यो प्रयासलाई अन्य मन्त्रालय तथा सरोकारवाला निकायले सञ्चालन गरेका गुणस्तरीय बीउबिजन, मलखाद, आधुनिक कृषि प्रविधि तथा सीप पु¥याउने कार्यक्रमलाई एकीकृत गरेर अझै प्रभावकारी बनाउन सक्ने अवसर पनि छ ।

विद्युत् उत्पादन तथा खपत 
लोडसेडिङ मुक्त गराउनु नै विगतमा ऊर्जा क्षेत्रको मुख्य लक्ष्य हुन्थ्यो तर अहिले अवस्था फेरिएको छ । घर उज्यालो हुँदैमा जनताको जीवनस्तर र मुलुकको अर्थतन्त्र सुधार हुने होइन । उपलब्ध विद्युत्लाई आर्थिक क्रियाकलापमा कुन हदसम्म आबद्ध गर्ने अवसर दिइएको छ, यसले चाहिँ अर्थ राख्छ । 
नेपालको आन्तरिक उत्पादनको जडित क्षमता करिब एक हजार नौ सय मेगावाट पुगेको छ । त्यसमध्ये नियमित आपूर्ति भइरहेको करिब एक हजार छ सय मेगावाट हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन आउँदा विद्युत् खेर जाने अवस्था आएको सार्वजनिक चर्चाले व्यापकता पाएको छ । स्वेदशी खपत पनि नबढ्ने र विदेश निर्यातको प्रयासले पनि घनिभूत सार्थकता नपाउँदा विद्युत् खेर जाने चर्चालाई फगत मान्न सकिन्न । मागको अवस्था हेर्दा प्राधिकरण भार प्रेषण केन्द्रले एक हजार ६८५ मेगावाटसम्म देशभित्र आपूर्ति गरेको देखिन्छ ।

बिजुली भान्सा ः कति सम्भव
ऊर्जा मन्त्री भुसालले हरेक भान्सा विद्युतीय चुलोयुक्त बनाउन र एलपी ग्यास प्रतिस्थापन गर्न 
‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नारा नै ल्याउनुभएको छ । यही नारा कार्यान्वयन गर्न सक्ने हो भने वार्षिक १० अर्ब रुपियाँको ग्यास आयात प्रतिस्थापन हुनसक्ने देखिन्छ तर नारा जति सहज छ त्यसलाई कार्यान्वयन गर्न त्यति नै कठिन । आजको दिनसम्म पनि सहरी क्षेत्रले नै अविच्छिन्न र गुणस्तरीय विद्युत् प्राप्तिको सुनिश्चितता पाउन सकेको छैन भने ग्रामीण क्षेत्र दिगो विद्युत् आपूर्तिको उपलब्धताबाट धेरै नै टाढा छ । यो समस्या समाधानका लागि सबै जिल्लामा दुई वर्षभित्र पूर्ण विद्युत् आपूर्ति गर्ने लक्ष्य सरकारले तोकेको देखिन्छ । वितरणलाइन तथा सबस्टेसनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रको वितरण प्रणालीलाई भूमिगत गर्दै जाने नीति वर्तमान सरकारले लिएको छ ।

उद्योगलाई चाहिए जति बिजुली
कृषिमा आधारित अर्थतन्त्रलाई स्वदेशी उद्योगमा आधारित बनाउने एउटा पूर्वसर्त विद्युत्को सर्वसुलभता हो । स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका कार्यक्रम लक्षित भूगोलमा चाहिएजति बिजुली पु¥याउन नसक्दा निस्तेजजस्तै बन्न पुग्छन् । 
पछिल्लो समय बिजुली खेर जाने चिन्ता पर्न थालेको छ । नयाँ सरकार गठनपश्चात् नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक रुपमै उद्योगहरूलाई चाहिए जति बिजुली दिन्छौँ भन्न थालेको छ । यो कार्यान्वयन हुने हो भने औद्योगिकीकरणमा ठूूलो सफलता मिल्ने छ । उद्योगहरूलाई चाहिएजति बिजुली दिन वितरणलाइन पु¥याउन सक्ने हो भने तत्काल करिब सात सय मेगावाट विद्युत् खपत बढाउन सकिन्छ । वर्तमान सरकारको चाहना निजी क्षेत्रले ठूलो विद्युत् खपत गर्ने गरी सहज स्थानमा उद्योग स्थापना गरोस् भन्ने पनि रहेको देखिन्छ । यद्यपि उद्योग खुलेका स्थानमा पूर्वाधार निर्माण गरेर यथासक्य छिटो विद्युत् पु¥याउन सरकार संवेदनशील रहेको पछिल्लो समय देखिएको छ । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने गरी स्विचिङ स्टेसन गत शुक्रबार सञ्चालनमा ल्याइएको छ । यो उद्योगले मात्र २० मेगावाट विद्युत् खपत गर्नेछ । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । यो स्टेसनमार्पmत अब यस क्षेत्रमा नयाँ उद्योगका लागि विद्युत् आपूर्ति सहज हुने वातावरण बनेको छ ।

प्रसारण लाइनको चासो 
सकसपूर्ण बनेको प्रसारणलाइन छिटो सम्पन्न नगरेसम्म विद्युत् आपूर्तिमा बहुआयामिक सुधार हुनसक्दैन । यो महसुस सरकारले पनि गरेको देखिन्छ । कालीगण्डकी, मस्र्याङ्दी, कोशी, दोर्दी, चिलिमे प्रसारण लाइन तयार नहुँदा विद्युत् आयोजना प्रवद्र्धकले एकातिर नोक्सानी भोगिरहेका छन् भने नेपाल विद्युुत् प्राधिकरणले पनि विद्यत् वितरणमा सन्तुलन कायम गर्न सकेको छैन । सरकारले यस्ता प्रसारणलाइन निर्माणका अवरोध हटाउने र निर्माणको अनुगमनको छुट्टै संयन्त्र नै बनाएर यो कार्यलाई तीव्रता दिन खोजेको छ । पछिल्लो समय नेपाल विद्य्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ पनि स्थलगत अनुगमनमा जाने गर्नुभएको छ । 
सकारात्मक उपलब्धिका रूपमा पूर्वको कोशी करिडोरको २२० केभी प्रसारण लाइनको इनरुवा तुुम्लिङटारको पहिलो प्याकेज केही दिन पहिले निर्माण सम्पन भएको छ । प्रदेश १ को विद्युत् प्रवाहको मेरुदण्डका रुपमा रहेको यो प्रसारण लाइनले अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा जोड्न सम्भव भएको छ ।

वैदेशिक विद्युत् व्यापार 
वर्तमान सरकारको नीति स्वदेशमै विद्युत् खपत विस्तार रहेको देखिन्छ । जतिसक्दो धेरै स्वदेशमा खपत बढाउने र त्यसपछि मात्र बचेको बिजुली निर्यात गर्ने हो । मन्त्री भुसालको पनि ‘ऊर्जा उद्योगको कच्चा पदार्थ हो’ भन्ने स्पस्ट दृष्टिकोण छ । कच्चा पदार्थ बेचेर मुलुक धनी हुँदैन भन्ने नै हो तर विद्युत्को अन्तरदेशीय व्यापार प्रणालीगत स्थिरता र ऊर्जा सन्तुलनको आवश्यकताका लागि पनि हो भन्ने महसुुस सरकारले गरेको देखिन्छ । विद्युत् खेर जाने चर्चासँगै सरकारले पछिल्लो समय भारतको विहारसँग विद्युत् आदानप्रदान सुरु गरिसकेको छ । 

 

ऊर्जालाई उच्च दर्जा

पम्फा भुसाल
मन्त्री, ऊर्जा जलस्रोत 
तथा सिँचाइ मन्त्रालय

विद्युतीय ऊर्जा अर्थतन्त्र र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत आवश्यकता हो । यही तथ्यलाई बोध गरेर ऊर्जा क्षेत्र र त्यसमार्पmत बहुआयामिक विकास गर्ने लक्ष्य हामीले लिएका छौँ । आम जनतालाई सस्तोमा बिजुली, सिँचाइका लागि सस्तोमा बिजुली दिनका लागि यो सरकार गठनलगत्तै सुरु भएको प्रयास निष्कर्षमै पुग्न लागेको छ । देशभित्र औद्योगिकीकरण, घर–घरमा बिजुली भान्सा बनाउने हाम्रो प्रयास छ । विद्युतीय सवारी साधन प्रयोगलाई पनि हामीले प्रवद्र्धन गर्न लागेका छौँ ।
नेपालको बिजुलीको अथाह सम्भावनालाई उपयोगितामा ल्याउने दिशामा यो सरकार र मेरो व्यक्तिगत प्रयास क्रियाशील छन् । हामी अब ठूला जलाशय तथा अर्ध जलाशययुक्त आयोजना निर्माण गर्नेे तयारीमा जुटेका छौँ । बुढीगण्डकी, दूधकोशी जलाशययुक्त नलगाढ, पश्चिम सेती आयोजनालाई निर्माणको चरणमा पु¥याउनुपर्छ भनेर पनि लागिपरेका छौँ । तामाकोशी–५ त अब ठेक्का लाग्ने चरणमा पुगिसकेको छ । नलगाढको निर्माणका लागि अत्यन्तै सस्तो दरमा दीर्घकालीन प्रकृतिको ऋण पाउने निश्चित भएको छ । बुढीगण्डकी आयोजना निर्माण गर्ने भनेर जिम्मा पाएका कम्पनीले आयोजना अन्योलमा पारेको देखिएको छ । त्यो अन्योल चिरेर आयोजना बनाउनेमा हामीले गृहकार्य थालेका छौँ । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले समेत विशेष चासो दिनुभएको छ । आयोजना निर्माणको वातावरण बनाउने गरी केहीसाता पहिलेमात्र सरकारको उच्चस्तरीय एक टोली स्थलगत अवलोकनमा पुगेको थियो ।

जलाशययुक्त ठूला आयोजनाका प्रत्यक्ष लागत अलि महँगो पर्ने हुन्छ तर उल्लिखित आयोजनाबाट विद्युत्का हिसाबले मात्र लाभदायी हुने होइन, पर्यटन रोजगारीजस्ता बहुआयामिक लाभ प्राप्त हुन्छ । उल्लिखित आयोजना बनाउँदा फेवातालभन्दा ठूला ताल बन्नेछन् । एउटा फेवाले कति लाभ हामीलाई दिएको छ हेराँै त । त्योभन्दा ठूला ताल तयार हँुदा जनजीवनदेखि अर्थतन्त्रमा बहुआयामिक लाभ मिल्छ । आयोजना महँगा छन् भन्दैमा नबनाउने होइन । लोककल्याणकारी हिसाबले पनि हामीले हेरेका छौँ । बाटोमा लगानी गर्दा नाफा सरकारलाई के हुन्छ भने जस्तै हो जलविद्युत् आयोजनामा हुने लगानी । पूर्वाधार बन्दा त बहुआयामिक र अगणितीय लाभ अत्यधिक हुन्छ भन्ने हामीले महसुस गरेका छौँ ।

विद्युत्को अन्तरदेशीय व्यापार पनि महŒवपूर्ण पक्ष हो भन्नेमा हामी सचेत छाँै । बढी हुने बिजुली भारत, बङ्गलादेश र चीनमा पु¥याउन विभिन्न नीतिगत व्यवस्था र पूर्वाधार निर्माणमा जुटेका छाँै । ढल्केबार मुजफ्फरपुर प्रसारण लाइन छ । अर्को न्यु बुटवल गोरखपुर प्रसारण लाइन निर्माणका लागि नयाँ कम्पनी पनि बनाइसकेका छौँ । लम्की दैजी बरेली प्रसारण लाइन गड्डाचौकी टनकपुर प्रसारण लाइनमा पनि काम भइरहेको छ । चीनसँग हाम्रो प्रसारण लाइन छैन तर केरुङ–किमाथाङ्का प्रसारण लाइन निर्माणका लागि सहमति पनि भइसकेको छ । उता बङ्गलादेशले पनि नेपालको बिजुली प्रतीक्षा गरेको छ । जलविद्युत् आयोजनामै लगानी गर्ने उसको चासो आइसकेको छ तर प्रसारण लाइनको समस्या छ ।

आन्तरिक प्रसारण तथा वितरण लाइन निर्माण गर्दा समयमै निर्माण सम्पन्न हुन नसकेका दृष्टान्त छन् । यसमा चुनौती नै छ । खासगरी व्यक्तिको सम्पत्तिमाथिको अधिकार हुन्छ, त्यसलाई सिधै हस्तक्षेप पनि गर्न मिलेन । त्यस्तै अरू विकास आयोजना बन्दा स्थानीय लाभ धेरै हुने तर ठूला प्रसारण लाइन बन्दा प्रभावित व्यक्तिले लाभभन्दा नोक्सानी धेरै व्यहोर्नुपर्ने अवस्था रहेछ । सरकारले दिने मुआब्जा र जग्गाको बजार मूल्यको अन्तरलाई सम्बोधन गर्न पनि चुनौतीपूर्ण छ । त्यस्तै राजनीतिक अवस्थाले पनि कतिपय स्थानमा फरक पारेको वा अवरोध सिर्जना भएको देखिन्छ । राष्ट्रिय विकासको मूल आकाङ्क्षालाई सबैले आत्मसात् गरेर यी समस्याको समाधान निकाल्नुपर्ने आवश्यकता छ । 
सरकारले सय दिन पूरा गर्दै गर्दा राम्रै उत्साह छ । राजनीतिक परिवर्तनपछि आर्थिक रूपान्तरणको मार्गचित्रमा ऊर्जालाई उच्च दर्जामा राखेका हौँ । मन्त्रालयका सचिवदेखि अन्य अधिकारी, कर्मचारी ऊर्जा क्षेत्रको उत्थानका लागि सकारात्मक र सक्रिय हुनुहुन्छ । आर्थिक रूपान्तरणको योजनामा काम गर्ने मेरो अभिलाषालाई ऊर्जा मन्त्रालयमार्पmत पूरा गर्ने अवसरका रूपमा मैले मेरो कार्यकाललाई बुझेको छु ।

कमेन्ट गर्नुहोस्