नयाँ दिल्ली : बलिउडका अभिनेता शाहरुख खानका छोराको जमानत खारेज भएको छ। मुम्बईको सेन्सेस अदालतले आर्यन खानको जमानत खारेज गरेको हो। जमानत खारेजीसँगै २३ वर्षीय खानले अझै केही दिन जेलमै बस्नुपर्ने छ। आर्यन खानको जमानतको लागि शाहरुख खानका वकिलले बम्बई उच्च अदालतमा अपिल गर्ने बताइएको छ।
'क्रुज ड्रग्स पार्टी'को अभियोगमा पक्राउ परेका आर्यन खान लागुऔषधको मुद्धामा कयौं दिनदेखि मुम्बईको अर्थर रोड जेलमा छन्। अक्टोबर १४ मा आर्यनको जमानत सुनुवाई गरिएको थियो। तर कुनैपनि नतिजा हात नपरेपछि अदालतले अक्टोबर २० को समय तोकिएको भारतिय सञ्चारमाध्यमले जनाएको छ।
टाइम्स अफ इन्डियाका अनुसार आर्यनको लागि जेलमा कडा सुरक्षा र खानपानको व्यवस्था गरिएको छ।
कमेन्ट गर्नुहोस्