काठमाडौँ — चीनले ताइवान मुद्दामा वैदेशिक हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ । चिनियाा विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा ‘ताइवान चीनको एक अविभाज्य हिस्सा’ भएको उल्लेख गरेका हुन् । उनले ताइवान मुद्दा चीनको आन्तरिक मामिला भएकाले यसमा वैदेशिक हस्तक्षेप मान्य नहुने पनि बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएपछि चीनको कडा प्रतिक्रिया आएको हो । शुक्रबार राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरे ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए । तर पछि ह्वाइट हाउसले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको थियो ।
ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन । अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।
चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ : बाइडेन
अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ । बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन् । ‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन ।’
‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ । पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो । त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए ।
प्रवक्ता वेनबिनले पत्रकार सम्मेलनमा भने, ‘जब चीनको सम्प्रभुता र क्षेत्रीय एकताजस्ता कुरा आउाछन् त्यसमा कुनै प्रकारको छूटका लागि ठाउा छैन ।’ उनले अगाडि भनेका छन्, ‘ताइवान चीनको अविवादित भूभाग हो । ताइवान मुद्दा चीनको आन्तरिक मामिला हो । यसमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप मान्य छैन ।’
त्यस्तै उनले ताइवानका बारेमा बोल्दा अमेरिकालाई शब्दमा ध्यान दिन पनि चेतावनी दिएका छन् । ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी शक्तिलाई कुनै पनि गलत प्रकारको संकेत दिने अभिव्यक्ति नदिन पनि चीनले अमेरिकालाई चेतावनी दिएको छ । ‘एक अर्ब ४० करोड जनसंख्याको विपक्षमा नउभिनुस्,’ प्रवक्ता वेनबिनले भने ।
ताइवानका बारेमा जान्नैपर्ने केही कुरा
कमेन्ट गर्नुहोस्