काठमाडौं : देशभरीका ख्याती प्राप्त ३३ जना व्यक्तिलाई ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ प्रदान गरिएको छ। एक दशकभन्दा लामो समयदेखि उल्लेख्य योगदान गर्ने सर्जक, स्रष्टा, शिक्षाविद्, समाजसेवी, कलाकार, पत्रकार, व्यवसायीहरुलाई उत्साहित बनाउन गरिएको योग्दानको कदर स्वरुप अवार्ड प्रदान गरिएको हो।
निकिला मिडिया नेटवर्क र भवानी ईन्टरटेनमेन्टको संयुक्त आयोजना तथा पब्लिक सूचनाको सहकार्यमा गिता एभिएसनको मुख्य प्रायोजनमा अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सोनितराज ढुंगेलले बताए। देश तथा विदेशमा रहेर योग्दान गर्नेहरुलाई देशैभरीमा अवार्डका लागि छनौट गरिएको थियो।
ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२१ बाट ३३ जना सम्मानित भएका छन्। निकिला मिडिया नेटवर्क र भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। पब्लिक सूचनाको सहकार्यमा तथा गीता एभिएसनको मुख्य प्रायोजनमा अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष सोनितराज ढुंगेलले बताए।
उत्कृष्ट गायकको अवार्ड प्रकाश सपुतलाई प्रदान गरियो। ‘अवार्डले देशका लागि समर्पित हुनेहरुलाई उर्जा हुन्छ। बिहान उतेर उठेपछि भित्तामा झुण्डियाइएको सम्मान पत्र टेबलमा राखिएको कपहरुले दिनभरीलाई राम्रो काम गर्नुपर्छ भन्ने मनमा उर्जा प्राप्त हुन्छ’ अवार्ड पाएपछि गायतक सुपतले भने।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र चलचित्र विकास बोर्डका निर्देशक दायाराम दाहाल, निकिला मिडिया नेटवर्कका अध्यक्ष ढुंगेलले संयुक्तरुपमा अवार्ड प्रदान गरेका थिए।
रातदिन समाजलाई सहयोग गर्दै आएका कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा वितरण गरिएको अवार्डले काम गर्नेहरुलाई थप उर्जा मिलेको उनले बताए। ‘अवार्डले समाजमा राम्रो काम गरिरहनु भएका व्यक्तित्वलाई थप राम्रो र अन्य व्यक्तित्वहरुलाई राम्रो काम गर्नेलाई प्रोत्साहन गर्छ’उनले भने।
कसले के अवार्ड पाए ?
शैक्षिक, सामाजिक, होटल व्यवसाय, लगायतका विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो। बेस्ट सिङगर पपुलर अवार्ड चर्चित गायक प्रकाश सपुतले पाए। बेस्ट प्रिन्सिपल दिवश शाक्यलाई, द बेस्ट कोभिड हिरो मनोज आचार्यलाई र द योङ एजुकेसन हिरो अवार्ड सुनिल रानालाई प्रदान गरिएको थियो।
द इनोभेटिभ एक्सीलेन्स स्टिभ फाउन्डेसन, बेस्ट इर्मजिङ कन्सलटेन्सी भिभिड कन्सलटेन्टलाई, सोसल लिडर अर्वाड शत्रुघन अन्सारीले पाए। युथ ब्याङकर एण्ड सोसल ईम्प्याक्ट अवार्ड शाश्वत कार्कीलाई, आउटस्ट्यान्डिङ योङ ईन्टरप्रिनर अभिविन्द खनियालाई, वेस्ट प्राईमरी स्कूल अफ भक्तपूर युरो स्कूललाई र एजुकेशनल लिडरसिप एण्ड म्यानेजमेन्ट अवार्ड कृष्ण गौतमलाई दिएर हौसला बढाइएको थियो।
वेस्ट एकेडेमी डाईरेक्टर रमाकुमारी प्याकुरेललाई, वेस्ट अटिजम स्कूल सेन्टर फर अटिजम नेपाललाई, डाईनामिक स्कूल्स प्रिन्सिपल रामकुष्ण बललाई, मोष्ट ईन्स्पाईरिङ आईकन अवार्ड डा। डिआर उपाध्ययलाई प्रदान गरियो। ईर्मजिङ लिडर ईन हेल्थ केयर कृष्ण घिमिरेलाई, वेस्ट एकेडेमी एक्सिलेन्स अवार्ड सेन्ट लरेन्स कलेजलाई, योङ याचिभर अवार्ड प्रसन्न अर्याललाई दिएको थियो।
वेस्ट लिरिसिष्ट होमराज श्रेष्ठलाई, वेस्ट इर्मजिङ एजुकेशन ईन्टरप्रिनर गोपाल भण्डारीलाई, वेस्ट इर्मजिङ कलेज अफ द इयर ओरियन्ट कलेज ९प्लस २०, ए लेभललाई, वेस्ट मन्टेश्वरी अफ द इयर वेस्ट मन्टेश्वरीलाई र आउटस्ट्यान्डिङ एकेडेमीक अवार्ड चियरम्यान देवेन्द्र भण्डारीलाई दिइएको आयोजकले जनाएको छ।
वेस्ट इभेन्ट डाईरेक्टर लब बहादुर कार्कीलाई, इर्मजिङ होटेलर अफ द इयर श्यामकाजी महतलाई, वेस्ट मिडिया पर्सन राजेन्द्र लुईटेललाई र आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन इन आर्ट एण्ड कल्चर श्रीदेव अर्याललाई प्रदान गरियो।भर्सटाईल प्रोफेसन अवार्डबाट सतिस कार्की सम्मानित भए। वेस्ट मोडल सञ्जित भण्डारीलाई, वेस्ट फिल्म जर्नालिष्ट प्रकाश सुवेदीलाई र वेस्ट सिङ्कर (लोकपप) अवार्डबाट रामकृष्ण श्रेष्ठ सम्मानित भए।
वेस्ट आउटस्ट्यान्डिङ बिजिनेस अवार्ड शेर खानलाई र आउटस्ट्यान्डिङ ओमन लिडरसिप अवार्ड यमु शर्मा सुब्बालाई दिइएको थियो।
कमेन्ट गर्नुहोस्