काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण सोधेको छ। खेलाडीको वर्गीकरण र सेन्ट्रल कन्ट्याक्टका विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएका कारण उनीहरूसँग स्पष्टीकरण माग गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।
क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, बलर सोमपाल कामी र कमलसिंह ऐरीसँग स्पष्टीकरण माग गरेको कार्यवहाक सचिव मल्लले जानकारी दिए। उनले खेलाडी वर्गीकरणका विषयमा असन्तुष्टि भए क्यानसँग छलफल गरेर समाधान निकाल्नु पर्नेमा आफूखुसी मिडियामा बोल्नु उचित नभएको बताए।
‘खेलाडी वर्गीकरणका विषयमा असन्तुष्टि हुन सक्छ। त्यो विषय आफूखुसी विषयमा मिडियामा गएर बोल्ने होइन। क्यानमा आएर छलफलबाट समाधान निकाल्ने हो’, मल्लले भने, ‘खेलाडीहरू अनुशासनमा बस्नुपर्छ। यहाँ त क्यानलाई नै नटेर्ने काम भयो।
कमेन्ट गर्नुहोस्