Thursday, July 31 2025
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

सार्वजनिक यातायातमा महिला हिंसा बढ्दो

सार्वजनिक यातायातमा महिला हिंसा बढ्दो

काठमाडौं, मङ्सिर ७ गते । पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई झर्न बाध्य बनाइन् । पुल्चोकबाट थापाथलीसम्म आउने बसमा ती युवकले पटकपटक उनको संवेदनशील अङ्गमा छुन खोजेका थिए । सुरुमा आफूले नै सम्झाउँदा नमानेपछि चालक, सहचालकलाई उनले गुनासा राखेकी थिइन् । सो घटनाका बारेमा अरू यात्रुले समेत चासो राख्न थालेपछि युवक आफैँ थापाथली ओर्लेका थिए । पीडितले प्रहरीसम्म गएर भने उजुरी गरिनन् । उनले भनिन्, “अफिस जान हतार पनि थियो, फेरि अनावश्यक झमेलामा किन फस्नू भन्ने भयो ।”

सार्वजनिक सवारीसाधनमा यस्ता महिला हिंसाका रुप देखिन्छन् । दैनिक रुपमा नै हिंसाका विभिन्न किसिमका घटनामा महिला पीडित भइरहेका छन् । काठमाडौँ उपत्यकालगायत सार्वजनिक यातायातमा भीड हुने स्थानमा हिंसाका घटना बढी हुने गरेको छ । भीडको बहाना गर्दै महिलाका विभिन्न अङ्गमा हेर्ने र छुने र अश्लील शब्दको प्रयोग गर्ने यात्रु भेटिन्छन् । कतिपयले विभिन्न बहाना बनाएर र फकाएर महिला वा किशोरीलाई बसबाट झरी अन्यत्र लगेरसमेत हिंसा गरेको पाइन्छ ।

बसबाट यात्रा गर्दा आफूले धेरै पटक विभिन्न किसिमको हिंसा भोगिरहेको ललितपुर बाँडेगाउँकी एक युवतीले बताइन् । सँगैका सिटमा बस्ने पुरुषले संवेदनशील अङ्गमा हात पु-याउन खोज्ने घटना धेरै पटक भएको उनी बताउँछिन् । केही दिनपहिले मात्रै उनलाई एक पुरुषले बसमा पछ्याइरहेका थिए । पटकपटक आफूलाई हेरिरहेको महसुस गरेपछि सो ठाउँ छाडेर सर्न खोज्दा आफूतिर झनै सरेको उहाँले बताउनुभयो । अनावश्यक झमेला किन गर्नू भनी उनी गन्तव्यमा नपुगी झरेकी थिइन् । सिटमा बस्दाभन्दा उभिँदा झनै हिंसा भोग्नुपरेको सार्वजनिक यातायात सेवाका यात्रीको अनुभव छ । अनुभवी भन्छन्, “अरूले देख्दा भीड भने पनि भोग्नेले मात्रै गलत नियतले छोएको थाहा हुन्छ ।”

नियमितरुपमा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने महिलामध्ये अधिकांशले पटकपटक आफूलाई दुर्व्यवहार भएको बताउँछन् । तीमध्ये प्रायः सबैले त्यसविरुद्ध बोल्न आँट गरेको भने पाइँदैन । कतिपयले त्यही समयमा नै पीडकलाई सम्झाएर गतिविधि रोक्न लगाउँछन् । थोरैले मात्रै अरू यात्रु वा चालक र सहचालकलाई घटनाका बारेमा भनेको पाइन्छ । दैनिक रुपमा सार्वजनिक यातायातमा हुने घटनामध्ये प्रहरीसम्म पुग्ने उजुरी भने ज्यादै कम छ ।

सार्वजनिक यातायातमा आफूमाथि दुर्व्यवहार भएको थाहा हुँदाहुँदै पनि महिलाले उजुरी गर्न नसकिरहेको अधिकारकर्मी सञ्जिता तिम्सिनाले बताउनुभयो । कोभिड–१० सङ्क्रमणका समयमा समेत सार्वजनिक यातायातमा भीडभाड हुँदा हिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाका छातीमा छुने वा पछाडिबाट धक्का दिनेलगायत घटना बढी पाइएको उहाँको भनाइ छ । कतिपय महिलाले भीडभाड भनी सामान्य रुपमा लिने गरेको र कतिपयले हिंसा हो भन्ने बुझेर पनि प्रहरीसम्म जान नसकेको पाइन्छ । प्रहरीसम्म पुग्दा पनि यी घटनामा प्रमाणको कमी हुनाले मुद्दा कमजोर बन्ने गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यस्ता घटनामा निगरानी गर्नैपर्छ, यसलाई बाहिर ल्याउनैपर्छ, चालक र सहचालकलाई पनि जिम्मेवार बनाउनुपर्छ ।”

यस्ता हिंसात्मक घटना प्रभावितहरूमा मनोसामाजिक असर हुने पाइएको छ । अरू किसिमका हिंसाजस्तै सार्वजनिक स्थानमा हुने हिंसाको पनि पीडितमा लामो समयसम्म असर रहने अधिकारकर्मी तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला अझै बढी किशोरीहरू त्यही कुरा सोचेर बस्ने, खाना नखाने, स्कुल वा कलेज नै नजानेसम्म भएको पाइन्छ ।” महिला पुनःस्थापना केन्द्र नेपाल (ओरेक)ले गरेको एक अध्ययनानुसार अधिकांश महिलाले हिंसालाई “मलाई मात्रै होइन, अरूलाई पनि भइरहेको छ” भनी सामान्य रुपमा लिने गरेका छन् । समाजमा “महिलालाई जिस्काउनु त स्वाभाविक नै हो” भन्ने मानसिकताका कारण यस्ता घटना भइरहेको केन्द्रका कार्यक्रम संयोजक सुनीता मैनालीको भनाइ छ । घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयासलगायत घटनामा पीडक परिवारकै सदस्य वा चिनजानको मान्छे भए पनि सार्वजनिक स्थानमा हुने अधिकांश हिंसाका घटनामा पीडक अपरिचित व्यक्ति भएको पाइन्छ । सामाजिक संरचनानुसार महिलालाई हिंसाले घरबाट पछ्याएर ऊसँगै सबै ठाउँमा पुग्ने गरेको मैनालीको धारणा छ । उहाँले भन्नुभयो, “घरमा हुँदा घरमै र त्यहाँबाट निस्केपछि बाटो, कार्यालयलगायत जहाँजहाँ आफू पुग्यो, त्यहीत्यहीँ हिंसाले पछ्याएको पाइन्छ ।”

सार्वजनिक स्थान खासगरी सवारी साधनमा हिंसाका घटना हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गर्नुपर्ने कार्यक्रम संयोजक मैनालीको भनाइ छ । अहिले ट्राफिक प्रहरीलाई सवारी जाम व्यवस्थापनमा मात्रै जिम्मेवारी दिइएको पाइन्छ । चोकचोकमा खटिने ट्राफिक प्रहरीमार्फत उजुरी गर्ने व्यवस्था गर्न पाउने नियमको खाँचो छ । कतिपय किशारीलाई हिंसाका घटनामा कहाँ गएर उजुरी गर्ने र कसरी गर्ने भन्ने जानकारी छैन । हिंसाको घटना हुँदा महिलाले लगाएको लुगा, हिँडेको समय र बोली कस्तो थियो भनेर उनको नै कमजोरी खोतल्ने गरेको पनि पाइन्छ । 

सार्वजनिक यातायातमा महिला र बालबालिकाविरुद्ध हुने हिंसा खासगरी यौनजन्य हिंसा न्यूनीकरणका लागि नेपाल प्रहरीले चलाएको ‘सेफ्टी पिन’ अभियानअन्तर्गत प्रहरी कर्मचारीले दैनिक रुपमा सवारीसाधनमा आफैँ खटिएर पीडकलाई पक्राउ गरेर ल्याउने गरेको प्रहरी मुख्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीप्ति कार्की बताउनुहुन्छ । उहाँका अनुसार महिला र पुरुष प्रहरी आफैँ यात्रुका रुपमा चढेर पनि स्थलगत अनुगमन गरिरहेका छन् ।

सार्वजनिक यातायात साधनमा हुने हिंसाका घटनामा विभिन्न शीर्षकमा मुद्दा चल्ने गरेको छ । यात्रुप्रति यौन दुर्व्यवहार र प्रहरी कर्मचारीलाई नै दुर्व्यवहार हुँदा ‘प्रहरी कर्मचारी प्रतिवेदन’ शीर्षकमा मुद्दा चल्छ । प्रभावित महिलाको सहमतिअनुसार मुद्दा चलाइने गरिएको छ । डिएसपी कार्कीले भन्नुभयो, “कहिलेकाहीँ झुक्किएर घटना भएको पाइएमा वा पीडक कम उमेरको भएमा सम्झाएर पनि पठाइन्छ ।”

गत वर्षभन्दा यस वर्ष सार्वजनिक यातायातमा हुने हिंसाको घटनामा कमी आएको प्रहरी तथ्याङ्कले देखाएको छ । पहिले मासिक दुईतीन सयसम्म घटना भएकामा गत भदौ महिनायता मासिक झण्डै ५० छ । गत वर्ष यौन दुर्व्यवहारका घटना नै १५/२० सम्म हुने गरेकामा अहिले कम छ । ‘सेफ्टी पिन’ लाई नागरिकस्तरमा रुचाइएकाले यस वर्ष पनि निरन्तरता दिइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । अभियान बढी भीडभाड भएका स्थानमा केन्द्रित छ । ‘सार्वजनिक यातायातमा महिला हिंसा’ भन्ने छुट्टै शीर्षक नभएकाले अरू शीर्षकमा मुद्दा चलिरहेको छ । कतिपय मुद्दा प्रहरी आफैँले चलाउन नसक्ने हुँदा अदालतमा गइरहेको छ ।

सार्वजनिक यातायातलगायत सार्वजनिक स्थानमा हुने हिंसासम्बन्धी कानुनको अभाव रहेको महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ बताउनुहुन्छ । अहिले मुलुकी अपराध संहिता, २०७४ ले यसलाई हेरिरहेको छ । एकातिर कानुन नै पर्याप्त नभएको र अर्कातिर कानुनमा भएका व्यवस्थासमेत कार्यान्यनमा आउन नसकेको उहाँको भनाइ छ । संस्थाले आर्थिक र सामाजिक रुपमा कमजोर महिलालाई कानुनी सहयोगसमेत गर्दै आए पनि अहिलेसम्म सार्वजनिक यातायातमा नै भएको दुर्व्यवहारको मुद्दा आएको छैन ।

फौज्दारी वा सरकारवादी मुद्दामा प्रहरी आफैँले मुद्दा अघि बढाउने र प्रमाण खोज्ने गर्छ भने व्यक्तिवादी फौज्दारी मुद्दामा व्यक्तिले नै प्रमाण खोज्नुपर्ने हुन्छ । सरकारी मुद्दामा थुनछेक बहस भए पनि अदालतमा जाने मुद्दामा प्रभावित आफैँ लाग्नुपर्छ । हिंसाका कारण पीडितहरू प्रमाण जुटाउन लाग्दा थप पीडित हुनुपर्ने कानुनका प्रयोगकर्ता बताउँछन् । कानुन संशोधन गरेर सरकारबादी मुद्दा बनाउँदा पीडितले न्याय पाउन सजिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले घटना भएपछि यसले मलाई यसरी दुर्व्यवहार ग¥यो भनी प्रमाण जुटाउन असम्भवजस्तै छ ।”

पहिले महिलाले सार्वजनिक स्थानमा हुने हिंसाविरुद्ध बोल्न आँट नगरे पनि अहिले बोल्ने क्रम बढेको महानगरीय प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीको अनुभव छ । उहाँका अनुसार प्रहरीले चालेको ‘सेफ्टी पिन क्याम्पेन’ का कारणले पनि महिलामा त्यसविरुद्ध बोल्ने हिम्मत बढिरहेको छ । एकातिर प्रहरीले ठाउँठाउँमा सादा पोसाकमा कर्मचारी खटाएको छ भने केही यात्रुले आफैँ प्रहरी कार्यालय पुगेर उजुरी गर्न थालेका छन् ।

अभियान सुरु भएको तेस्रो वर्ष हेर्दा प्रहरीले पक्राउ गर्ने मात्रै होइन मुद्दा नै दर्ता गर्ने क्रम बढेको पाइन्छ । नागरिकमा हिंसा न्यूनीकरणमा प्रहरीलाई सघाउनुपर्छ भन्ने सोच बढ्दै गएको एसएसपी भण्डारीको अनुभव छ । कतिपय स्थानमा नागरिक स्वयंले नै बनाएको विभिन्न सञ्जालले कुनै पनि ठाउँमा घटना हुँदा प्रहरीलाई जानकारी गराउँछन् । प्रहरीले ‘सेफ्टी पिन’ बाट आएका घटनामध्ये कतिपयमा अभिभावकको जिम्मवारी लगाएर पठाएको छ । सार्वजनिक यातायातमा हिंसा न्यूनीकरण कम गर्न सञ्चालित अभियानले अरू किसिमका अपराधमा संलग्नलाई समेत पक्राउ गरिरहेको छ । उहाँले भन्नुभयो, “सार्वजनिक यातायातमा चोरी गर्नेहरू पनि पक्राउ परिरहेका छन् ।”

प्रहरीले विसं २०७६/७७ देखि सुरु गरेको अभियानमा यस वर्ष ६३० जना पक्राउ परेका छन् । आइतबारसम्म ११९ मुद्दा दर्ता हुँदा प्रतिवादी २२२ छन् । ती घटनामध्ये अश्लील हर्कत गर्ने २४, शारीरिक यौनजन्य दुर्व्यवहार गर्ने १६, अपशब्द र अश्लील गालीगलोज गर्ने पाँच र पाकेटमारी गर्ने २६५ पक्राउ र अन्य विविध ३२० छन् । प्रहरीले ४०३ जनालाई जिम्मा लगाएको थियो । गत आवमा अश्लील हर्कत गर्ने ४६, शारीरिक यौनजन्य दुव्र्यवहार गर्ने १२३, अपशब्द र गालीगलोज गर्ने २२, पाकेटमारी २४६ र अन्य घटनामा ६७२ जना पक्राउ परेका थिए । एक हजार ८१ जना पक्राउ परेकामा ९६५ लाई जिम्मा लगाइएको थियो । सत्तरी मुद्दा दर्ता भएको र प्रतिवादी ११९ रहेको तथ्याङ्कले देखाएको छ ।

अभियानको पहिलो वर्ष आव २०७६/७७ मा एक हजार ७९ जना पक्राउ परेका थिए । तीमध्ये १५३ घटना प्रहरी कार्यालयमा दर्ता हुँदा ३१२ प्रतिवादी थिए । अश्लील हर्कत गर्ने ८३, शारीरिक यौनजन्य दुर्व्यवहार गर्ने १८५, अपशब्द र गालीगलोज गर्ने २६, पाकेटमार २२३ र अरू ५७२ पक्राउ परेको कार्यालयले जनाएको छ । काठमाडौं उपत्यका मात्रै नभएर प्रहरीले जिल्लाजिल्लामा समेत अभियान सञ्चालन गरिरहेको र अब वडा कार्यालयसम्म विस्तार गरिने बताइएको छ ।

कतिपय सवारी साधनले महिलाका लागि छुट्टै सिटको व्यवस्था गरेका छैनन् भने गरिएकामा पनि कार्यान्वयन नभएको पाइन्छ । चालक–सहचालकले त्यसको कार्यान्वयन गराउनु आफ्नो कर्तव्यका रुपमा नलिएको यात्रुको गुनासो छ । गर्भवती र बालबालिका बोकेका महिलालाई यही कारणले सार्वजनिक यातायातमा यात्रा गर्न सजिलो नभएको बताउँछन् । दैनिक रुपमा आवतजावत गर्नुपर्ने विद्यालय र कलेजका विद्यार्थी तथा कर्मचारी सवारी साधनमा दुर्व्यवहारको सिकार भएको गुनासो गर्छन् । आफ्नो जीवनमा पटकपटक हिंसा भोग्नुपरेका कतिपय महिलाले रोजगारी वा पढाइ नै छाडेको अधिकारकर्मी बताउँछन् ।

केही समयपहिले ओरेकले गरेको सार्वजनिकस्थलमा हुने हिंसासम्बन्धी अध्ययनमा सबैभन्दा बढी घटना सार्वजनिक यातायातमा नै हुने गरेको पाइएको थियो । सार्वजनिक स्थानमा हुने हिंसामध्ये घरेलु हिंसाका घटना झण्डै ४० प्रतिशत पाइएको थियो । तीन सय २१ जनामा गरिएको सो अध्ययनमा सार्वजनिक हिंसाका घटना सवारीसाधनसँगै कार्यस्थल, खेलमैदान, डान्सबार, बाटो, बजार र स्वास्थ्य संस्थामा भएको पाइएको थियो ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २२४ मा ‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी बिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन खोजेमा, निजको भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमको बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई अस्वाभाविक रुपमा छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य यस्तै प्रकारका शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ’ भनी उल्लेख छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना व्यवस्था गरिएको छ । संहिताको नै दफा २२५ मा भएको व्यवस्थामा बाल यौन दुर्व्यवहार गर्न नहुने उल्लेख छ ।

सार्वजनिक यातायात वा अरू कुनै पनि सार्वजनिक स्थानमा हुने हिंसा छुट्टै मुद्दाका रुपमा दर्ता नहुने प्रहरी मुख्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्कलाई हेर्दा गत आवमा १५ हजार ७१९ घटना भएका थिए । तीमध्ये बलात्कारका दुई हजार १४४, बलात्कारको प्रयास ६८७, बहुविवाहसम्बन्धी ७३४ र बालविवाह ६४ थिए । बोक्सीका आरोपमा भएको हिंसासम्बन्धी ३४, गर्भपतन २९, छुवाछूतसम्बधी ३०, बालयौन दुर्व्यवहार २३२ र अप्राकृतिक मैथुनका २७ घटना प्रहरीमा दर्ता भएको पाइएको छ ।

 

कमेन्ट गर्नुहोस्