काठमाडौं, मङ्सिर ७ गते । कोरोना महामारीसँगै ठप्प भएको हवाई उडान व्यवसाय पछिल्लो समय फष्टाउन थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार हाल दैनिक रुपमा २२ हजार भन्दा बढी यात्रुहरुले आवतजावत गर्दै आएका छन् ।
विमानस्थलका अनुसार हाल दैनिक २८६ वटा आन्तरिक उडान र ५४ वटा अन्तराष्ट्रिय उडान हुँदै आएको छ । यी उडानबाट १५ हजार ३७८ जना आन्तरिक र सात हजार ४४ जना अन्तराष्ट्रिय उडानबाट गरी २२ हजार ४२२ जनायात्रुहरु आवतजावत हुने गरेको हो । पछिल्लो तथ्याङकअनुसार हवाइ सेवा लिने यात्रुको संख्या दोव्वरले बृद्धि भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
हाल आन्तरिक वायूसेवाका लागि नौ वटा वायूसेवा कम्पनी र अन्तराष्ट्रियस्तरमा ३३ वटा वायूसेवा कम्पनीले काठमाडौंबाट दैनिक उडान भर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्