पेरिस — म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा ओले गनर सोल्सायरको कार्यकाल आइतबारदेखि सकिएको थियो । वाटफोर्डसाग ४–१ गोलको लज्जाजनक हारपछि यी नर्वेजियन प्रशिक्षक बर्खास्तगीमा परेका थिए ।
करिब ३ वर्षको ओल्ड ट्राफोर्ड बसाइमा सोल्सायरले एउटै उपाधि दिलाउन सकेनन् । पछिल्लो सिजन प्रिमियर लिगमा दोस्रो भएर देखिएको सकारात्मक संकेत पनि जारी सिजन पछिल्लो ७ खेलमा पाँचौं हारपछि समाप्त भयो ।
युनाइटेड अहिलेको अवस्थामा शीर्षस्थानबाट १२ अंकको दूरीमा छ । क्लबले सिजन अन्तिमसम्म स्थायी नियुक्ति नहुन्जेल अन्तरिम प्रशिक्षक नियुक्त गर्ने बताएको छ । म्यानचेस्टर युनाइटेडको स्थायी प्रशिक्षकका लागि यी पाँच उपयुक्त पात्र हुन सक्छन् :
क्रिस्टियानो रोनाल्डो र राफेल भारानेसँगै ७३ मिलियन पाउन्डमा जाडोन सान्चोलाई अनुबन्ध गरेपछि युनाइटेडले यो सिजन मुख्य उपाधिहरूमा चुनौती दिने धेरैको अपेक्षा थियो । रोनाल्डो र भारानेले रियल म्याड्रिडमा रहँदा जिदानेकै प्रशिक्षणमा लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेका थिए । यी फ्रान्सेली सुपरस्टार गत मे महिनामा रियल म्याड्रिडबाट आफ्नो दोस्रो कार्यकाल अन्त्य गरी फ्री एजेन्टमा बसेका छन् । स्टार खेलाडीले भरिएको टिमलाई कसरी व्यवस्थापन गर्ने भनेर जिदानेले आफूलाई प्रमाणित गरिसकेका छन् । जहाँ उनले दुईपल्ट ला लिगा उपाधि जितेका थिए । युनाइटेडलाई यस्तै प्रशिक्षक चाहिएको छ । उनको विश्वव्यापी लोकप्रियताले पछिल्ला केही वर्ष खस्किएको ब्रान्डलाई पुन:स्थापित गर्न सहयोग पुग्नेछ । सञ्चारमाध्यममा दाबी गरिएअनुसार युनाइटेडका अमेरिकी मालिकका लागि उनी मुख्य उम्मेदवार हुन् ।
युनाइटेडका लागि अर्का उत्कृष्ट विकल्प हुन्, लेस्टर सिटीका ब्रेन्डन रोजर्स । उत्तरी आयरल्यान्डका यी प्रशिक्षकले लिभरपुलमा हुँदा धेरै युनाइटेड प्रशंसकको चित्त दुखाएका छन् । तर सन् २०१२ देखि २०१५ सम्म तीन वर्ष एनफिल्डबाट देखाएको गर्मागर्मीपछि उनले आफ्नो प्रतिष्ठा पुन: उँचो पारेका छन् ।
सेल्टिकमा बिताएको तीन वर्ष हरेक साता जितको आवश्यकता सम्हालेर उनले आफूलाई सक्षम साबित गरिसकेका छन् । प्रिमियर लिगमा लेस्टर आउनुअघि उनले त्यहाँ घरेलु उपाधिसमेत दिलाएका थिए ।
पछिल्लो दुई सिजन लेस्टरले थोरै अंकले मात्र च्याम्पियन्स लिगको लक्ष्य पूरा गर्न सकेको थिएन । र, पछिल्लो सिजन पहिलोपल्ट एफए कप जित्ने क्रममा लेस्टरले युरोपेली च्याम्पियन चेल्सीलाई हराएको थियो । जारी सिजन लेस्टर लिगमा संघर्ष गरिरहेको छ । पछिल्लो ९ खेलमा २ खेल जितेको छ ।
युरोपकै आवश्यक लयमा देखिएकामध्ये एउटा टोली अयाक्सको प्रशिक्षण सम्हालिरहेका छन्, डच एरिक टेन हग । उनको टोली च्याम्पियन्स लिगको शीर्ष १६ मा पुगिसकेको छ । दुई वर्षअघि चारपल्टको च्याम्पियन्स लिग विजेता अयाक्सलाई सन् १९९७ यता पहिलोपल्ट सेमिफाइनलमा पुर्याएपछि विश्व फुटबलमा एरिकको चर्चा बढेको हो । तर तत्कालीन समयमा खेलाडीजस्तै उनलाई युरोपका शीर्ष क्लबहरूबाट प्रस्ताव आएको छैन । बायर्न म्युनिक युवा टोलीका यी प्रशिक्षक आक्रामक फुटबलका लागि परिचित छन् ।
स्पेन राष्ट्रिय टोलीका यी प्रशिक्षक समकालीनहरूमध्ये सबैभन्दा उत्कृष्टमा पर्छन् । उनले बार्सिलोनामा आफ्नो पहिलो सिजन तीन ठूला उपाधि दिलाएका थिए । लियोनल मेसी, लुइस स्वारेज र नेयमरको सानदार अग्रपंक्तिमा बार्सिलोनाले त्यतिबेला ठूलो दबदबा राखेको थियो । सन् २०२० को युरो तथा नेसन्स लिगमा स्पेनको सफलताबाट नोउ क्याम्पले विश्वास गरेका यी प्रशिक्षकमा कत्ति क्षमता छ भन्ने प्रमाणित हुन्छ ।
अर्जेन्टिनी यी प्रशिक्षकलाई सन् २०१९ मा टोटेनहमले बर्खास्त गर्दा नै युनाइटेडका समर्थकले सोल्सायरको उत्कृष्ट विकल्पमा देखेका थिए । पोचेटिनो एक वर्षभन्दा लामो समय फ्री एजेन्ट भएर बस्दा युनाइटेडले सोल्सायरमाथिको विश्वास नै कायम राख्यो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का यी प्रशिक्षक सिजनको मध्यमा पेरिस छाडेर लन्डन पुग्ने सम्भावना कम छ । फ्रान्सेली शीर्ष डिभिजनमा उनको टोली १२ अंकको अग्रतासहित शीर्षस्थानमा छ । टोलीको पहिलोपल्ट च्याम्पियन्स लिग उपाधि जित्ने सम्भावना पनि समाप्त भइसकेको छैन । यद्यपि पीएसजीमा पोचेटिनोको बसाइ त्यति सुखद छैन । खासगरी क्लबका स्पोर्टिङ डाइरेक्टरसँग उनको सम्बन्ध सुमधुर नरहेको बताइन्छ ।
कमेन्ट गर्नुहोस्