Saturday, November 27 2021
ट्रेन्डिङ लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

भन्ने ३३ प्रतिशत महिला, गर्ने विभेद ?

भन्ने ३३ प्रतिशत महिला, गर्ने विभेद ?

काठमाडौं : मुलुकका दुई ठूला पार्टी एमाले र कांग्रेस महाधिवेशनको चटारोमा छन्। तर, ती पार्टीका कुनै पनि नेत्रीहरूले खुलेर पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छैनन्।  १५ सदस्यीय एमाले पदाधिकारीमा जम्मा एक जना नेत्री छन्। नवौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य र विद्यादेवी भण्डारी उपाध्यक्षमा निर्वाचित भए। भण्डारी राष्ट्रपति बनेपछि पदाधिकारीमा शाक्य एक्लो महिला नेता बनिन्। 

सत्तासीन कांग्रेस पदाधिकारीमा पनि महिलाको उपस्थिति दयनीय नै छ। ९ सदस्यीय पदाधिकारीमा एक्लो सीतादेवी यादव कोषाध्यक्ष छिन्। दुवै दल महाधिवेशनमा होमिदासमेत पदाधिकारीमा महिला उपस्थिति बढाउनेबारे बोलेका छैनन्।  ३३ प्रतिशत महिलाको कुरा त उठाएका छन्। व्यवहारमा कार्यान्वयन गर्न भने दलहरू अनुदार बन्दै आएका छन्।

एमाले उपाध्यक्ष शाक्य लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण भएकाले ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने बताउँछिन्। ‘महिलाको सहभागिता बिना पार्टी अगाडि बढ्न सक्दैन,’ शाक्यले अन्नपूर्णसँग भनिन्, ‘लोकतन्त्र ल्याउन महिलाको पनि योगदान महत्वपूर्ण छ। आन्दोलनमा सहभागीचाहिँ गराउने पद दिन कञ्जुस्याइँ गर्न मिल्दैन।’

राष्ट्रपति विद्या भण्डारी सांसद रहेका बेला राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको प्रस्ताव

पार्टीको पदाधिकारी त परै जाओस, मौजुदा केन्द्रीय समितिमा पनि महिलाको ३३ प्रतिशत उपस्थिति छैन। १ सय ९६ सदस्यीय एमाले केन्द्रीय कमिटीमा ३० जना मात्रै महिला सदस्य छन्। यो १५.३ प्रतिशत हो। कांग्रेसमा पनि महिलाको उपस्थिति उस्तै छ। १ सय ४ सदस्यीय केन्द्रीय समितिमा महिलाको २१ जना (२० प्रतिशत) मात्र छन्। केन्द्रीय कमिटी र पदाधिकारीमा महिलाको उपस्थिति ३३ प्रतिशत सहभागिता पुर्‍याउन आफूहरू सक्रिय भइरहेको शाक्य बताउँछिन्। ‘पदाधिकारीमा पनि के कति जाने, कसरी व्यवस्था गर्ने भन्ने छलफल होला,’ उनले भनिन्। 

राष्ट्रपति भण्डारी सांसद रहेका बेला राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको प्रस्ताव गरेकी थिइन्। संसद्बाट सर्वसम्मत पारित उक्त प्रस्तावलाई कार्यान्वयन गर्न दलहरू भने अलमल गरिरहेका छन्। यसपटक पनि एमाले र कांग्रेसले महाधिवेशनबाट ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्छन्/गर्दैनन् भन्नेमा महिला नेताहरू नै ढुक्क छैनन्। कतिपय महिला नेताहरू नै पदाधिकारीमा ३३ प्रतिशतको कुरा उठाउन चाहँदैनन्। पार्टीको पदाधिकारीमा ३३ प्रतिशत नभएकोमा कांग्रेस नेत्री कमला पन्त असन्तुष्टि जनाउँछिन्। ‘हाम्रो पहल अब केन्द्रीय पदाधिकारीमा ३३ प्रतिशत पुर्‍याउनुपर्छ भन्नेमा हुन्छ, पन्तले भनिन्, ‘पार्टीमा यस विषयमा कुरा उठाउँदै आएका छौं।’ 

    एमालेको १ सय ९६ सदस्यीय केन्द्रीय कमिटीमा ३० (१५.३ प्रतिशत) महिला मात्र

कांग्रेसको १ सय ४ सदस्यीय केन्द्रीय समितिमा महिला २१ जना (२० प्रतिशत) मात्र 

पदाधिकारी र केन्द्रीय समितिमा महिलाहरूको उपस्थिति राम्रै हुने बताउँछिन्, पूर्वमन्त्री एवं एमाले नेत्री पद्यमा अर्याल। ‘पार्टीले क्षमता र योग्यताका आधारमा पदाधिकारी छनोट गर्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन्। एमालेमा शाक्य र राधा ज्ञवालीले उपाध्यक्षमा आकांक्षा व्यक्त गरेका छन् भने अरू केही नेत्री सचिवका आकांक्षी रहेको नेताहरू बताउँछन्। 

कांग्रेस सचेतक पुष्पा भुसाल पार्टीको विधानले ३३ प्रतिशत महिला अनिवार्य भने पनि नीतिगत निर्णय र पदाधिकारीमा सहभागिता हुन नसकेको बताउँछिन्। ‘राजनीतिमा महिला सक्रियता दिगो नरहने हो कि भन्ने आशंका छ,’ भुसालले भनिन् । 

१० औं अधिवेशनबाट पनि एकतिहाइ महिला पदाधिकारीमा जान सक्ने अवस्था नरहेको एमाले नेत्री निरु पालले बताइन्। ‘१५ पदाधिकारीमा ५ महिला सम्भव छ्रैन,’ उनले भनिन्, ‘पार्टीको निर्णयअनुसार चल्नुपर्छ। ’  

अनेमसंघ अध्यक्ष सीता पौडेल भने पदाधिकारीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने बताउँछिन्। ‘संविधानमै ३३ प्रतिशत भनिएको छ,’ पौडेलले भनिन्, ‘यसलाई अनिवार्य कार्यान्वयन गरिनुपर्छ।’ १०औं महाधिवेशनले महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुने एमाले सचेतक शान्ता चौधरीले बताइन्। ‘सक्षम महिला नेताहरू धेरै हुनुहुन्छ। अब ३३ प्रतिशतका लागि हामीले लड्नुपर्ने अवस्था सिर्जना हुँदैन होला,’ चौधरीले भनिन्।   

कांग्रेस नेत्री महालक्ष्मी डिना उपाध्याय भने जिल्लादेखि केन्द्रीयस्तरको राजनीतिमा महिला सहभागी उत्साहजनक भएको बताउँछिन्। ‘पदाधिकारीमा समेत ३३ प्रतिशत माग गरेका छौं,’ उनले भनिन्। केन्द्रीय पदाधिकारीमा ३३ प्रतिशत सुनिश्चितताका लागि आवाज उठाइरहेको कांग्रेसकै अर्की नेत्री सीता गुरुङले बताइन्। 

पार्टीले महिला सहभागिता बढाउँदै लगेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले भने, ‘चितवन महाधिवेशनपछि केन्द्रीय समिति र पदाधिकारीमा महिलाको संख्या बढ्छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको व्यवस्थाअनुसार नै महिलालाई नेतृत्वमा सहभागी गराउँदै आएको बताए। ‘पार्टीको जिल्ला, नगर, गाउँतहका समितिबाटै ३३ प्रतिशत महिला चयन हुँदै आएका छन्,’ शर्माले भने । 

 

कमेन्ट गर्नुहोस्