काठमाडौँ — जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार बुधबार एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले ताइवानको संकट जापानको पनि संकट हुने बताएका हुन् ।
सम्बोधनका क्रममा आबेले भने, 'ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ ।'
गत वर्ष स्वास्थ्यका कारण प्रधानमन्त्री पद छाडेका आबे जापानको सत्तारूढ लिबर डेमोक्रेटिक पार्टीको सबैभन्दा ठूलो गुटका प्रमुख मानिन्छन् । उनी अहिले पनि पार्टीभित्र निकै प्रभावशाली भूमिकामा रहेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताउँदै आएका छन् । ‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएका छन् । ताइवानले आफूलाई एक सार्वभौम मुलुकका रूपमा मान्छ भने चीनले भने ताइवानलाई भने एक अलग प्रान्तका रूपमा हेर्छ । चीनले बल प्रयोग गरेर एकीकरण गर्ने कुरा भने गरेको छैन ।
कमेन्ट गर्नुहोस्