काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारबाट देश नचलेको बताएका छन्। शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै उनले छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन्। उनले देशलाई सही बाटोमा अगाडि बढाउने काममा एमाले लाग्ने धारणा राखे।
‘स्थिति कस्तो छ हरेक क्षेत्रलाई निकम्पा बनाएर लोकतन्त्र भत्काउने काम भएको छ।’ उनले भने, ‘सरकारका कतिपय घटकको काम बिगार्ने भत्काउने देखिन्छ।’
अदालतमा देखिएको पाँच दलीय गठबन्धनले गर्दा अदालतमा समस्या सिर्जना भएको ओलीले बताए। उनले अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको दाबी गरे। न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका निकम्मा भएको स्पष्ट पारेका छन्।
उनले पाँच दलीय गठबन्धनको कानुनी क्षेत्रको विसंगत अवस्थाको प्रतिविम्ब भएको दाबी गरे। उनले कानुनी राज के भएको रहेछ भन्ने कुरा चौतर्फि रुपमा देखापरिरहेको बताए। प्रचण्डले दिएको न्यायपालिकाले लगाएको गुन कार्यपालिकाले तिर्ने अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले अदालतमा गलत काम भएको पुष्टि भएको दाबी गरे।
कमेन्ट गर्नुहोस्