काठमाडौँ — भारतीय जनता पार्टी (भाजेपी)का नेता हर्ष वर्धनले एक अर्कोको कार्यक्रममा नेपाली राजनीतिक दलहरुको संस्कारको प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेसको जारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो संस्कार संसारमा कतै पनि नदेखिएको बताए । 'नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरुलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व-प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन,' वर्धनले भने, 'दुनियाँमा उदाहरण रहेको छैन । यो सबै विचारधाराको मानिसको अटाउनु सकेको छ । राजनीति सानो छातीले हुन सक्दैन ।'
यसै महिनामा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा बिजेपीका प्रतिनिधि बनेर आएका वर्धनले शेरबहादुर देउवाको सहभागिता रहेको विषयलाई समेत स्मरण गरेका थिए । कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्